सर्लाही, ५ माघ । नेपाली काँग्रेस सर्लाही अनुसाशन समितिले कारवाहीको सिफारिस गरेका पदाधिकारीहरुलाई हाल सम्म कारवाही नगर्दा ज्ञापन पत्र मार्फत केन्द्रीय अनुसाशन समितिको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
उपसभापति तथा जिल्ला अनुशासन समिति संयोजक डा. सरोजकुमार, सचिवद्धय निरज कार्की, मनोजकुमार यादव, सहसचिव इन्द्रबहादुर योञ्जन र कोषाध्यक्ष विगुप्रसाद चौधरी सहित नेपाली काँग्रेसका ७० जना सदस्यद्धारा हस्ताक्षरित ज्ञापन पत्र नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुझाउदै पार्टीका शिर्ष नेतृत्वकर्ताहरुको ध्यानाकर्षण गराएका हुन् ।
बुझाइएको ज्ञापन पत्रमा २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस पार्टी एवं गठबन्धनका साझा उम्मेदवारहरु विरुद्ध प्रचार प्रसार गर्ने, पार्टी हित विपरित कार्य गरेको जिल्ला उपसभापति नविन अधिकारी सहित केही व्यक्ति उपर कारवाही गर्न माग गरिएकोमा जिल्ला अनुशासन समितिको २०७९ कार्तिक २९, ३० र मंसिर १ गते बसेको बैठकबाट विधानको २०१७ (संशोधन सहित) को धारा ३४को (ख) र (ग) अनुसार पार्टीबाट निलम्बन गरी सोको जानकारी मधेश प्रदेश र केन्द्रीय कार्यालयलाई गराइएका थिए ।
मधेश प्रदेश समितिले २०८० भदौं ३० गते जिल्ला अनुशासन समिति सर्लाहीले गरेको निलम्बनलाई सदर गर्दै केन्द्रीय अनुशासन समितिमा पठाएको थियो । सो सम्बन्धमा पटक पटक केन्द्रीय अनुशासन समितिलाई आग्रह गर्दा पनि आजको मिति सम्म कन्द्रीय अनुशासन समितिले जिल्ला र प्रदेशको सिफारिसलाई कार्यान्वयन गर्न नसकेको भन्दै सर्लाहीबाट गएका नेका नेताहरुले केन्द्रीय नेता समक्ष दुखेसो एवं आक्रोश पोखे ।
यदी केन्द्रीय अनुशासन समिति गम्भिर भएन भने जिल्ला कार्य समिति लगायत विभिन्न तह र तप्काका नता एवं कार्यकर्ताहरुले आन्दोलनको कार्यक्रम तय गरी आन्दोलन गर्न बाध्य हुने छौं उक्त ज्ञापन पत्रमा भनिएको छ । सोको सम्पूर्ण जिम्मेवारी नेपाली काँग्रेस केन्द्रीय कार्यालय एवं केन्द्रीय अनुशासन समितिको हुने जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन