धनुषा, ६ माघ । भारतीय मोटरसाइकले स्कुटरलाई ठक्कर दिदा एक महिलाको उपचारको क्रममा आईतवार विहान मृत्यु भएको छ ।
जनकपुर जलेश्वर सडक खण्डमा शनिवार साँझ ५ बजेको समयमा जलेश्वरबाट जिरोमाईल तर्फ आउदै गरेका बीआर ०६ डिजे २६३२ नम्वरको भारतीय नम्वरको मोटरसाइकलले ज १२ प ६०३८ नम्वरको स्कुटरलाई पछाडीबाट ठक्कर दिदा महोत्तरी पिपरा गाउँपालका ५ निवासी ६० बर्षिया राजमरी देवीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज विहान ३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
भारतीय नम्वरको मोटरसाइकल चलाउने भारत विहारको सितामढी जिल्ला ददरी बस्ने २९ वर्षीय संजित साह, चालकको श्रीमती २४ वर्षीया रूबी साह र मोटरसाइकलमै सवार जनकपुर उपमहानगरपालिका ४ बस्ने कृपाल साहका छोरा १६ वर्षीय सुशान्त साह सामान्य घाइते भएको बताइएको छ ।
उनीहरुको प्रहरीको निगरामीमा उपचार भईरहेको तथा अनुसन्धान कार्य जारी रहेको धनुषा प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन