जनज्योती बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा सम्पन्न

0 Shares
चन्द्रपुर (रौतहट), ६ माघ । रौतहटको चन्द्रपुर स्थित जनज्योती बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा आईतवार सम्पन्न भएका छन् ।
एन प्लाजाको सभा हलमा आज सम्पन्न भएको जनज्योती बहुमुखीको १२ औं सभालाई नेपाली काँग्रेसका युवा नेता एवं संघिय साँसद देवप्रसाद तिमल्सिनाले उदघाटन गरेका थिए । उदघाटन गर्दै साँसद तिमल्सिनाले क्याम्पसको भौतिक पूर्वाधार लगायतका शैक्षिक गुणस्तरमा सुधार गरिएकोमा प्रशंसा गरे ।
क्याम्पस सहित प्रगतीमा आफुले सदैब साथ दिने र आफनो क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने स्पष्ट पारे ।
पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य युबराज भट्टराई (समिर) ले शिक्षामा कमजोर रहेको जिल्लाको अबस्थामा जनज्योती क्याम्पसले बिधार्थी भर्ना सहित शैक्षिक सुधारमा गरेको प्रगती प्रशंसनिय रहेको बताए । आगामी दिनमा क्याम्पसको प्रगतीमा आफनो साथ रहने भने ।
संबिधान सभा सदस्य देबेन्द्र पटेलले रौतहट जिल्लामा मात्र नभई मधेश प्रदेशमै क्याम्पसले गरेको प्रगती सराहनीय रहेको बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष संजय कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पस उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखे भने क्याम्पस अध्यक्ष कार्कीले प्रगती प्रतिबेशन प्रस्तुत गर्दै क्याम्सका शौन्दर्यकरण लगायत खेलकुदको ब्यबस्था गरिनुको साथै ईबिलिङ्ग, भेन्डर मेसिनको समेत उपलब्धता गराइएको जानकारी गराए ।
उनले चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफले, उपप्रमुख जयमाला चौधरीको उपस्थितिमा क्याम्पस प्रमुख राजन श्रेष्ठले वार्षिक प्रतिवेदन २०८१ प्रस्तुत गर्दै शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय प्रगतिको विवरण प्रस्तुत गर्नु हुदै क्याम्पसले गुणस्तरीय शिक्षा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताए ।
क्याम्पसमा स्नातक तहमा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, र शिक्षाशास्त्र संकाय सहित स्नातकोत्तर तहमा समाजशास्त्र र व्यवस्थापन संकायको अध्यापन हुदै आएको छ । अध्ययनलाई प्रभावकारी बनाउन सेमेस्टर प्रणाली र योग्य प्राध्यापकहरूको व्यवस्था गरिएको छ ।
क्याम्पसले विद्यार्थी शुल्क, विश्वविद्यालय अनुदान, बाट आय आर्जन गर्दै आएको छ । सभामा क्याम्पस सभासद, विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । क्याम्पस लाई सहयोग गर्ने लक्ष्मि सनराई बैक, नबिल बैक, लुम्बिनी बिकास बैक, ईपिसी नेपाल लाई कदर पत्र प्रदान गरिएको थियो ।
यस्तै प्राध्यापक मधुकर खडका र कर्मचारी आशिष कोईरालालाई कामको मुल्याकन गर्दै क्याम्पसले सम्मान गरेको छ । आन्तरिक परिक्षामा उत्कृष्ट अक ल्याउने  बिद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।