रौतहट, ७ माघ । रौतहट प्रहरीले स साना व्यवसायीको सामानहरु समातेर भन्सार बुझाउने कार्यशैलीबाट यहाँका व्यापारीहरु आजिज भईसकेका छन् ।
भन्सार छलेर ल्याउनेलाई समात्दा कुनै फरक पर्दैनन्, सदरमुकाम गौरबाट सामानहरु लगिरहदा वा गौर भन्सार कार्यालयबाट लिलामी सकार गरी गन्तव्य सम्म जाँदा प्रहरीले उक्त सामान समातेर भन्सार बुझाउने प्रहरीको कार्यशैली माथि प्रश्न चिन्ह् खडा भएका हुन् ।
गत शुक्रवार गौर भन्सार कार्यालयबाट शिवेश जेनरल सप्लायर्स गरुडा नपा ५ ले २०० किलोग्राम चिनी लिलाम सकार गरेका थिए । सोही चिनी लिएर हिजो आईतवार शिवनगर तर्फ जाँदै गरेको अवस्थामा गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिका स्थित बम नहरमा रहेका चेकपोष्टमा उक्त सामान बसबाट उतारेर पुनः जिल्ला प्रहरी कार्यालय रौतहट ल्याइयो ।
चिनी लगिरहेका साना व्यवसायीले बम नहरमा खटिएका प्रहरीलाई भन्सार लिलामको चिनी हो, कागजात सबै छ भन्दा पनि प्रहरीले मानेनन् । प्रहरीले भने यो एसपी साहेबको आदेश हो, समात्नै पर्छ, तपाई एसपी साहेब संग कुरा गर्नुस भनेर मलाई पठाइदियो ति व्यापारीले तराई टप संग भने ।
जिल्ला प्रहरी कार्यालय गौरमा जब एसपी साहेब संग भेट्न जाँदा उनी भेटेनन् । यहाँ छैन् भनेर बाहिर पठाइदियो । भन्सार लिलामबाट सामान सकार गरेपछि हाम्रो गन्तव्य सम्म उक्त सामान नपुगी पुनः समातेर भन्सार बुझाउनु रौतहट प्रहरीको नियत माथि उनले प्रश्न चिन्ह् खडा गरे ।
म जहिले पनि गौर वा भन्सार लिलामीको सामान लिएर जाने गर्दछु, गौर देखि बस पार्क, बम नहर लगायतका प्रहरी युनिटहरुले पैसा लिन्छन्, प्रत्येक साता सामान पनि खोसिदिन्छन् भन्छन् एसपी साहेबको आदेश हो ? अव हामी कसरी कारोवार गर्ने ति व्यापारीले गम्भीर प्रश्न रौतहट प्रहरी माथि खडा गरे ।
बकैया पश्चिम र गौर पुर्वका नाकाहरुबाट ठूला ठूला व्यापारीहरु राति राति दिउसो ठूलो परिमाणमा सामानहरु ओसारिरहेको हुन्छ, तिनीहरुको सामान निर्वाध रुपमा जाने तर बैधानिक तवरबाट लैजान राज्यलाई राजस्व तिरेपनि हाम्रो सामान समात्नु यो कहाँको नियम भयो हजुर व्यापारीले गुनासो गरे ।
यसैलाई सायद भनेको होला “सानालाई ऐन, ठूलालाई चैन” एक त रौतहट जिल्लामा व्यापारको अवस्था निकै खराब छन् त्यसमा पनि नेपाल प्रहरीको कार्यशैलीबाट गौर आसपास क्षेत्रका व्यापारीहरु पलायन हुने अवस्थामा आएको हुँदा यस्ता गतिविधि माथि समय निरुत्साहित गरेर व्यापारीलाई हौसला प्रदान गरी नेपाल सरकारको राजस्व बढाउनमा प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने आजको आवश्यक्ता छ ।
यस विषयमा तराई टप ले जिल्ला प्रहरी कार्यालयमा बुझ्दा २ सय किलो चिनी समातिएको हो, तर एसपी साहेबको आदेशमा समातिएको प्रहरी श्रोतबाट बुझिएको छ । एसपी साहेबका कारण अहिले विहेवारी, ब्रतबन्ध र सुखश्राद्धमा प्रयोग गर्ने सामानहरु समेत समातिदा रौतहटका बासिन्दाहरु समेत अहिलेको प्रहरी प्रमुखको कार्यशैलीबाट अक्रान्त बनेको पीडितहरुले बताए ।