विद्यालयमा नगरप्रमुख कुशवाहाले राजनीतिक हस्तक्षेप गरेको आरोप लगाउदै बलरा ४ मा टायर बालेर विद्यार्थीहरु प्रदर्शनमा उत्रिए

0 Shares
आक्रोशित विद्यार्थीहरुले विद्यालय अगाडी टायर बालेर प्रदर्शन गर्दैः तस्वीर तराई टप संवाददाता
एके सिंह
बलरा (सर्लाही), ९ माघ । नगरप्रमुखले विद्यालयमा राजनीतिक हस्तक्षेप गरेको आरोप लगाउदै बलरा नगरपालिकामा रहेका रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका विद्यार्थीहरु टायर बालेर आन्दोलनमा उत्रिएका छन् ।
बलरा नगरपालिका वडा नम्वर ४ स्थित रहेका रामसखी मोहित सिंह जनता माविमा नगरप्रमुख रामाशंकर कुशवाहाले राजनीतिक चलखेल गरेर आफनो मानिसहरुलाई अस्थिायी रुपमा व्यवस्थापन समिति गठन गरेपछि सोका विरुद्धमा अध्ययनरत विद्यार्थीहरु टायर बालेर आन्दोलनमा उत्रिएर प्रदर्शन गरिरहेका हुन् ।
नगरप्रमुख कुशवाहा र नगरपालिकाको शिक्षा शाखाले उक्त विद्यायमा अध्ययनरत विद्यार्थीका अविभावकहरुसँग समन्वय तथा छलफलनै नगरी आफुखुसी आफ्नो अनुकुलका मान्छेलाई राखेर समिती बनाएको आरोप लगाउदै विद्यार्थीहरु नाराबाजी गरिरहेका छन् । आक्रोशित विद्यार्थीहरुले विद्यालयमा रहेका डेक्स बेञ्चलाई बाहिर निकालेर आगो लगाइए ।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले नगरप्रमुृख कुशवाहा विद्यालय जस्तो स्थानमा राजनीतिक हस्तक्षेप गरेर अस्थाई विद्यालय व्यबस्थापन समिती गठन गरेर अध्ययन अध्यापन नै धरापमा परेको आरोप लगाए ।
यता नगरपालिकाले भने पटक पटक समिति गठन गर्ने प्रयास गरिएको  तर समिति गठन हुन नसक्दा गएको पुस २८ गते नगरप्रमुख कुशवाहाद्धारा हस्ताक्षरित पत्रमा सुनिल कुमार सिंहको अध्यक्षतामा ९ सदस्यीय अस्थायी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको उल्लेख छ ।
विद्यालयमा अध्ययन अध्यापन भन्दा बढी राजनीतिक चलखेलको अखडा बन्दै जानु दुर्भाग्य पूर्ण रहेको भन्दै अभिवाक, स्थानिय तथा सरोकारवालाहरुले दुख व्यक्त गरेको तराई टप लाई प्राप्त भएको समाचारमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।