प्रक्रियागत सेटिंगमा गौर भन्सार कार्यालयबाट स्क्रैप लिलाम

0 Shares
रौतहट, १० माघ । गौर भन्सार कार्यालयमा विहिवार भएको स्क्रैप लिलाममा मिलोको गन्ध लागेपनि मापदण्ड सबै पुरा गरेको पाइएका छन् ।
गौर भन्सार कार्यालयले २०८१ पुस १८ गते सुचना प्रकाशित गरिएका मध्ये दर्ता नम्वर ७१ मा उल्लेख सूचना अनुसार ९४ वटा फर्म विक्री भएका थिए । विक्री भएका ९४ फर्म मध्ये आज निर्धारित समय अनुसार ४ वटा मात्रै बोलपत्र दर्ता भए ।
दर्ता भएका चार वटा बोलपत्र मध्ये प्रियान्सी ट्रेडर्स राजविराज सप्तरीले १३ लाख २५ हजार कबोल अंक राखेकोमा सबैभन्दा बढि भएको हुँदा उक्त फर्म स्क्रैपको लिलामी सकार गर्न सफल भएको गौर भन्सार कार्यालयले जनाएको छ ।
गौर भन्सार प्रमुख अमिन्दर सिंहले दर्ता भएको चार वटा फर्ममा सबैभन्दा बढि रकम राखेर कबोल गरेको पाइएकोमा प्रियान्सी ट्रेडर्सलाई मुद्दा नम्वर ७१ को मोटरसाइक सहितका सामानहरु स्क्रैपमा लिलामी सकार गरेको बताए ।
मुद्दा नम्वर ७१ मा भएका स्क्रैपका सामानहरुको निर्धारित मूल्य १२ लाख ७२ हजार ६ सय रुपैया रहेकोमा न्यू गजराज ट्रेडर्स गौरले १२ लाल ८१ हजार, सौरभ ट्रेडर्स सर्लाहीले १२ लाख ८९ हजार, लक्ष्मी स्क्रैप खरिद विक्री केन्द्र धुनषाले १३ लाख १ हजार र प्रियान्स ट्रेडर्स राजविराजले १३ लाख २५ हजार कबोल रकम राखेर चार वटा फर्मले बोलपत्र दर्ता गराएको गौर भन्सार कार्यालय प्रमुख सिंहले जानकारी दिए ।
गौर भन्सार कार्यालयले गरेको लिलामी प्रक्रियामा सेटिंग भएको आवाजहरु बाहिर गुंजिन थालेको छ नी भने प्रश्नको जवाफमा भन्सार प्रमुख सिंहले निर्धारित समाय सम्म ४ वटा फर्म मात्रै दर्ता गराएको एक पटक पुनः दावी गर्दै भन्सार कार्यालयको सिसिटिभी क्यामराको रडारमा आएका फर्मलाई यहाँ आउन हाम्रो गेटमा कसैले नरोकेको स्पष्ट पारे । सिरियल नंम्वर ७ र १३ नम्वरको मुद्दामा फर्म विक्री भएपनि कुनैपनि फर्म दर्ता नभएको समेत उनले भने ।
स्मरणीय छ, गौर भन्सार कार्यालयको उत्तर तर्फ भएको भागबण्डाको अवस्था देख्दा सिंहको दाबी शंकाको घेरामा आउँछन् । भन्सार कार्यालयले राखेको कबोल रकम र सकार गरेको रकमको फरक देख्दा शतप्रतिशत प्रक्रियागत सेटिंगमा लिलामी प्रक्रिया भएको बुझिन सकिन्छ विश्लेशकहरुको दाबी छ ।
लिलामी सकार गरेको फर्मले बाँकी ९३ फर्मलाई सेटिंगमा मिलाएर बोलपत्र दर्ता गराउदा छेउमै रहेका भवनमा लेनदेनको लागि भेला भएको तस्वीरले  भन्सार प्रमुखको दाबीलाई प्रक्रियागत सेटिंग भएको उनीहरुको कथन रहेको छ । अर्को तर्फ गौर भन्सार कार्यालयमा हुने लिलामी प्रक्रियामा केही स्थानीय भन्सार एजेन्टहरु नै विभिन्न बाहिरका फर्म ल्याएर खास गरेर स्क्रैप लिलामी सकार गर्ने गरेका छन् ।
बाहिरका फर्मका नाममा खरिद गर्ने यहाँका केहि स्थानीय फर्मले स्क्रैपमा लिलाम लिने गरेको छ । केही सबारी सधानको कागजात भएकाहरुले संग विक्री गर्ने गरिएको विगतमा हल्ला फिजिएका थिए । स्क्रैपमा लिलामी भएपछि प्रक्रियागत रुपमा कार्यालयबाट बारिनुपर्नेमा त्यसो नभई सहिसलामत अवस्थामा बाहिरिएका घटनाले थप शंका उब्जाउछन् अन्तमा त्यती मात्रै प्रक्रियागत सेटिंग नै हो नी कि कसो ? । कतै आज भएको स्क्रैप लिलामी त्यसैको अंश त होइन ? भन्न सकिदैनन।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।