सशस्त्र प्रहरीको नेतृत्वमा चितवन र धादिंङ जिल्लामा ठूलो परिमाणमा लागुऔषध अफिम खेती नष्ट

0 Shares
रौतहट, ११ माघ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चितवन र धादिंङ जिल्लामा ठूलो परिमाणमा व्यवसायी रुपमा खेती गरिएका प्रतिबन्धित लागुऔषध अफिमको खेतीलाई नष्ट गरिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय मकबानपुरका अनुसार, चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर १२ र धादिंग जिल्लाको रोराँग र गजुरी गाउँपालिकाको विभिन्न स्थानमा व्यसायीक रुपमा प्रतिबन्धित लागुऔषधको खेती गरिएको प्राप्त सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा टोली परिचालन गरेर प्रतिबन्धित अफिमको खेतीलाई नष्ट गरिएका हुन् ।
गढीमाई बाहिनीपति गणेश ठाडामगरले चितवनका राप्ती नगरपालिका वडा नम्वर १२ मा ३ विगहा तथा धादिंङ जिल्लाको रोराँग र गजुरी गाउँपालिकामा लगाइएको करिव १५० रोपनी जग्गामा लागुऔषध अफिमलाई टोली परिचालन गराएर नष्ट गरिएको बताए ।
पहाडको डाँडा पाखामा चारै तर्फबाट मकैको आडमा लगाइएको प्रतिबन्धित लागुऔषधको खेतीलाई पूर्ण रुपमा नष्ट गर्ने अभियानमा सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर काम गरेको हुँदा आज यत्रो ठूलो परिमाणमा सफलता प्राप्त भएको डिआइजी ठाडामगरले जानकारी दिए ।
लागुऔषधको खेती नष्ट गर्न खटिएका टोलीले जरै देखि उखेली आगो लगाइएको स्पष्ट पार्दै आफनो मातहतका क्षेत्रमा लागुऔषध देखि लिएर कुनैपनि अवाञ्छित क्रियाकलापलाई निष्तेज पार्न हामी सक्षम रहेका छौं उनले दाबी गरे ।
डिआईजी ठाडामगरको कार्य क्षमता मूल्याँकन एवं सुझबुझका कारण आठ वटा बाहिनीमा गढीमाई बाहिनी सर्बोत्कृष्ट स्थान हाँसिल गरेकोमा दुई दिन अघि सम्पन्न सशस्त्र प्रहरीको बार्षिकोत्सव कार्यक्रममा सबोत्कृष्टको पुरस्कारबाट उहाँ सम्मानित भए लगतै ठूलो परिमाणमा लागुऔषधको खेती नष्ट गराएर कार्य क्षेत्र प्रति कतिको जवाफदेहिता रहेको डिआइजी ठाडामगरबाट पाठ सिक्नुपर्छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले चितवन र धादिंङमा लागुऔषध नष्ट गर्दै तस्वीरहरु ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।