रौतहट, १५ माघ । राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत रौतहट जिल्लाका कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएका छन् ।
एचपीभी भाईरस विरुद्धको खोप कार्यक्रम अभियान संचालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याँकहरु संकलन गरेर सो अनुसारको म्यानपावर तयार गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएका हुन् ।
आउदो माघ २२ देखि फागुन ६ गते सम्म देशव्यापी छात्राहरुको पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको रुपमा संचालन गर्न रौतहटमा सम्पूर्ण तयारी पुरा भईसकेको जनाइएको छ ।
देश व्यापी एकै पटक संचालन हुने खोप रौतहट जिल्लामा दुई चरणमा खोप लगाइने छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार माघ २३ गते देखि पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ तथा माघ ३० गते देखि सुरु हुने दोश्रो चरणमा गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर रहेको बताए ।
कार्यालय प्रमुख सिंहले जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जना छात्रालाई एचपीभी खोप लगाइने उनले स्पष्ट पारे ।
सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याँक अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन