सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ६ सय विपन्न बालबालिकाहरुलाई स्कूल ब्याग वितरण

0 Shares

सर्लाही, १६ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विपन्न तथा दलित समुदायका बालबालिकाहरुलाई स्कूल ब्याग (झोला) वितरण गरिएका छन् ।
चन्द्रनगर गाउँपालिका वडा नम्वर १ लघुवा स्थित प्राथमिक विद्यालय, वडा नम्वर २ दनुवारी टोलमा रहेको सरस्वती प्रावी, वडा नम्वर ३ कोरियाही टोलमा रहेका जनता प्राबी, राजा अभिषेक प्राबी बडकुर्वा र सोही गाउामा रहेका रामजनता आधारभुत विद्यालयमा अध्ययन गर्ने विपन्न एवं दलित समुदायका करिव ६ सय बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरिएका हुन् ।
उक्त विद्यालयमा आयोजना गरिएको झोला वितरण कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक सामग्रीको संरक्षणमा ठूलो योगदान पुर्याउने उद्देश्य राखेर दलित एवं विपन्न समुदायका बालबालिकाहरुलाई स्कूल ब्याग उपयोगी हुने विश्वास लिइएको छ ।
झोला वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार महतोले गरिव, असहाय, दलित एवं विपन्न समुदायका बालबालिकाहरुलाई पालिकाबाट शैक्षिक सामग्रीहरु सुरक्षित राख्ने उद्देश्यबाट ब्याग वितरण गरिएको बताए । “हामीले विद्यार्थीहरूको शैक्षिक सामग्रीलाई सुरक्षित राख्नका लागि यो पहल शुरु गरेका छौं पालिका अध्यक्ष महतोले भने । यस्ता अभियानले विद्यार्थीहरूको पढाइमा सहजता ल्याउनेछ र उनीहरूको पाठ्यपुस्तक र अन्य शैक्षिक सामग्री सुरक्षित राख्न मद्दत पुर्याउनेछ” उनले स्पष्ट पारे ।
वडा अध्यक्ष सिताराम महतो, निमित्त वडा अध्यक्ष रन्जित साह, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, र लिलि लिभ्सका प्रतिनिधिहरूको प्रमुख उपस्थिति थियो । कार्यक्रममा लिलि लिभ्सका प्रतिनिधिहरूले विद्यालयका बालबालिकाहरूलाई अझ थप शैक्षिक सहायता र सुविधाहरू उपलब्ध गराउने वाचा गरे । शिक्षा शाखाका देन कुमार महतोको पनि कार्यक्रममा विशेष उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।