महाकुम्भ (प्रयागराज), १६ माघ । भारतको उत्तरप्रदेशको प्रयागराज स्थित गंगा, जमुना र सरस्वतीको त्रिवेण संगम स्थलमा १४४ बर्षमा जरेको साइत अनुसार महाकुम्भको संगम क्षेत्रमा बुधबार बिहानै भगदड भए ।
मौनी अमावस्याको अमृत स्नान गर्न करोडौं तीर्थयात्री प्रयागराजको संगम तटमा उपस्थित भएको थियो । सोही पवित्र स्नान गर्न ठाउँको लागि तछाडमछाड गर्दै भएको भगदडमा केही भक्तजनहरु गम्भीरु रुपमा घाईते भएको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वीकारेका छन् ।
बुधवार बिहान १ देखि २ बजेको बीचमा अखडा मार्गको ब्यारिकेड माथि केही भक्तहरु चढ्दा घटना भएको उनले स्पष्ट पारे । “बिहान १ बजेदेखि २ बजेसम्म अखाडाको अमृत स्नानको व्यवस्था गरिएको अखाडा मार्गमा केही भक्तहरू ब्यारिकेडहरू पार गर्ने क्रममा गम्भीर घाइते भए । उनीहरूलाई तुरुन्तै अस्पताल लगिएको थियो जहाँ उपचार सुनिश्चित गरिएको थियो,” उनले भने । लखनउमा भएको उच्चस्तरीय बैठकपछि आदित्यनाथले यो पनि भने कि प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र बीजेपी प्रमुख जेपी नड्डाले उनलाई स्थितिको समीक्षा गर्न बिहानैदेखि फोन गरेको संचारमाध्यमहरुलाई जानकारी दिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
घाटमा भीडको चाप कम भएपछि मात्रै पवित्र स्नान गर्ने अखाडाहरूसँग सहमति भएको उनले बताए । “मैले व्यक्तिगत रूपमा अखाडा परिषद्का प्रमुखहरू र महामण्डलेश्वर लगायत अन्य द्रष्टाहरूसँग कुरा गरेको छु र आदरणीय सन्तहरूले भक्तहरूलाई स्नान गर्न दिन विनम्र सहमति जनाएका छन् र भीडको चाप कम भएपछि मात्र उनीहरु स्नान गर्ने,” मुख्यमन्त्री आदित्यनाथले भने ।
“हाम्रो पहिलो प्राथमिकता भक्तहरूको सुरक्षा सुनिश्चित गर्नु हो,” उनले भने, “प्रयागराजमा स्थिति नियन्त्रणमा छ तर भीडको चाप अझै बढि रहेको छ ।” आदित्यनाथले मानिसहरूलाई आफ्नो नजिकको घाटमा गंगामा डुबुक्की लगाउन र संगम तटको नोज सम्म पुग्न प्रयास नगर्न अपील गरे ।
मेलाका लागि विशेष सुरक्षा अधिकृत आकांक्षा राणाले यसअघि भनिन्, “संगममा अवरोध भत्किएपछि केही घाइते भएका र अस्पतालमा भर्ना भएका छन् र घाइतेको यकिन विवरण आउन बाँकी छ ।”
बिहान करिब २ बजे, एम्बुलेन्स र संगममा दौडिरहेका प्रहरी गाडीहरूको बजिरहेको साइरनले कुम्भ मेला क्षेत्रभरी लाउडस्पीकरहरूबाट गुन्जिरहेको मन्त्र र श्लोकहरूको माहौललाई विग्रिन दिएनन ।
घाइतेहरुलाई मेला क्षेत्रमा स्थापित केन्द्रीय अस्पतालमा लगिएको छ । केही वरिष्ठ प्रशासनिक र प्रहरी अधिकारीहरूसँगै धेरै घाइतेका आफन्तहरू पनि त्यहाँ पुगेका थिए ।
“हामी दुईवटा बसमा ६० जनाको समूहमा आएका थियौं, अहिले हाम्रो समूहमा नौ जना मात्रै छ, सबै यताउती धकेलिएका छन् । अचानक भीडमा धकेलियो र हामी फस्यौं । हामीमध्ये धेरैजसो तल खसेर भीड अनियन्त्रित भयो,” कर्नाटककी सरोजिनीले अस्पताल बाहिर रुँदै भनेको पीटीआईको रिपोर्टमा उल्लेख गरिएका छन् ।
“त्यहाँ भाग्ने कुनै मौका थिएन, त्यहाँ चारै तर्फबाट धकेलिएको तथा भगदड मचेको थियो,” महिलाले पीटीआई भिडियोलाई बताइन् ।
मध्य प्रदेशको छत्तरपुरका एक व्यक्तिले आफ्नी आमा घाइते र अस्पतालमा भर्ना भएको बताए, जबकि मेघालयका एक मध्यम उमेरका दम्पती भीडबाट टाढा हिंड्दै थिए, उनीहरू दुवैले रोएर पत्रकारहरूलाई भगदडमा परेको उनीहरूको पीडादायी अनुभव सुनाए ।
अस्पतालमा अर्की एक महिला, जसको बच्चा भगदडमा घाइते भएको थियो, आफ्नो पीडा सुनाउदै भनिन्, “कतै जाने ठाउँ थिएन, हामीले केटाकेटीहरूप्रति दयाको लागि बिन्ती गरिरहँदा हामीलाई धकेल्ने केही मानिसहरू हाँसेका थिए ।”
“हामीले देखिरहेका छौं कि भीड अहिले घट्दैछ, र हामी मेला प्रशासनसँग वार्तामा छौं । यदि भीड घट्दै छ भने, हामी स्नान गर्न चाहन्छौं,“ पुरीले पीटीआई संग भने ।
अखिल भारतीय अखाडा परिषद्का प्रमुख महन्त रवीन्द्र पुरीले महाकुम्भको बीचमा संगम घाटमा ‘अत्यधिक भीडभाड’ भएकाले सबै अखाडाको परम्परागत नुहाउने प्रथा स्थगित गरिएको बताए ।
यद्यपि, पुरी, जो १३ अखाडाहरूको शीर्ष निकायका प्रमुख हुन्, उनले भागदौडलाई उल्लेख गरेनन् र संगममा “भीडभाड” भएको बताए ।
“हामीले देखिरहेका छौं कि भीड अहिले घट्दैछ, र हामी मेला प्रशासनसँग वार्तामा छौं । यदि भीड घट्दै छ भने, हामी स्नान गर्छौ,” पुरीले पीटीआई संग भने । पुरीले भने कि उनी सन्तहरूको परम्परागत अखाडा स्नान अनुष्ठानलाई अगाडि बढाउन मेला प्रशासनबाट स्वीकृतिको पर्खाइमा थिए, जुन धेरै कम हुनेछ ।
कुम्भमेलाको परम्पराअनुसार सन्यासी, बैरागी र उदासीन तीन सम्प्रदायका अखाडाहरूले संगमघाटमा भव्य, विस्मयकारी रथयात्रा गरी निर्धारित क्रममा पवित्र स्नान गर्छन् ।
त्रिवेणी संगम – गंगा, यमुना र सरस्वतीको संगम – हिन्दूहरू द्वारा सबैभन्दा पवित्र मानिन्छ, जसमा महाकुम्भको समयमा र विशेष गरी मौनी अमावस्या जस्ता विशेष स्नान दिनहरूमा स्नान गर्दा मानिसहरूको पापहरू धोइन्छ र तिनीहरूलाई मोक्ष प्राप्ती सरह मानिन्छ ।
मंगलबार, तीर्थयात्रीहरूको अपेक्षित आगमनलाई ध्यानमा राख्दै, मेला अधिकारीहरूले सुरक्षा र सुविधाको लागि भीड–व्यवस्थापन दिशानिर्देशहरू पालना गर्न भक्तहरूलाई आग्रह गर्दै एक एडभाइजरी जारी गरेका थिए ।
तीर्थयात्रीहरूलाई संगम घाट पुग्न तोकिएको लेनहरू प्रयोग गर्न, नुहाउने ठाउँमा पुग्दा तिनीहरूको लेनमा बस्न र पवित्र स्नान पछि घाटहरूमा ढिलाइ नगर्न भनिएको थियो । उनीहरूलाई सहज आवतजावत सुनिश्चित गर्न पार्किङ क्षेत्र वा आफ्नो गन्तव्यमा तुरुन्तै अगाडि बढ्न आग्रह गरिएको थियो ।
आगन्तुकहरूलाई ब्यारिकेडहरू र पोन्टुन पुलहरूमा धैर्य रहन, दुर्घटनाहरू रोक्नको लागि हतार वा ठट्टा नगर्न सम्झाइएको थियो । प्रशासनले जोड दिए कि “संगमका सबै घाटहरू समान रूपमा पवित्र छन”, भक्तहरूलाई “भीडभाड रोक्नको लागि पहिलो घाटमा नुहाउन” आग्रह गरिएका थिए ।
१२ वर्षपछि आयोजित भएको महाकुम्भ जनवरी १३ मा सुरु भएको थियो र फेब्रुअरी २६ सम्म जारी रहनेछ । मेलाको आयोजना गर्ने यूपी सरकारले ग्रहको सबैभन्दा ठूलो आध्यात्मिक जमघटमा करिब ४० करोड तीर्थयात्रीहरूको जम्मा हुने अपेक्षा गरेको छ ।
स्मरणीय छ की, हिन्दुहरुको महा आस्थाको केन्द्रबिन्दु रहेका प्रयागराजको त्रिवेणी स्थलमा १४४ बर्षपछि लागेका महाकुम्भ मेलामा नेपालबाट पनि लाखौं लाख हिन्दु श्रद्धालु भक्तजनहरु त्यस तर्फ गएको हुँदा नेपाल सरकार पनि विशेष रुपमा आफना नागरिकलाई लागि के कस्तो सरक्षाको व्यवस्थापन गरेको छ वा त्यहाँबाट आईरहेको भगदड समाचारबाट नेपाली श्रद्धालुभक्तजनहरुको परिवारमा समेत तनाव उत्पन्न भएको हुँदा नेपाल सरकार त्यस प्रति गम्भीर बनेर अपडेटहरु सार्वजनिक गर्नुपर्ने देखिन्छ ।
श्रोतः पीटीआई