सहिद दिवस र सोनाम ल्होछार पर्वको कारण माओवादी केन्द्र सर्लाहीले आन्दोलन स्थगित गरे

0 Shares
सर्लाही, १६ माघ । आफना नेतालाई झुठा मुद्दामा फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका नेकपा माओवादी सर्लाहीले आन्दोलनको कार्यक्रम आज देखि केही दिनको लागि स्थगित गरेका छन् ।
नेकपा माओवादी सर्लाही इन्चार्ज अच्युतम काफलेले मंगलवार साँझ विज्ञप्ती जारी गर्दै सहिद दिवस र सोनाम ल्होछारको अवसरमा आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित भएको जनाइएका हुन् ।
नेकपा माओवादी पार्टीको टिकटबाट वागमती नगरपालिकामा दोश्रो कार्यकालका लागि निर्वाचित भएका नगरप्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमार मुक्तानलाई झुठा मुद्दा लगाइ जिल्ला वन कार्यालयले षडयन्त्र गरेको आरोप लगाउदै माओवादी केन्द्र सर्लाही चरणवद्ध आन्दोलनमा उत्रिएको थियो ।
जारी गरिएका प्रेस विज्ञप्तीमा राज्यद्वारा दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई हटाउने र झुटा वन मुद्दा लगाउने षडयन्त्र गरिएकामा पुनः सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ ।
संघिय तथा प्रदेशको वन मन्त्रालयबाट बागमती स्थित निर्माणधीन बागमती माछा पोखरी (भरत ताल) निर्माण गरिएको जग्गा र आसपास बस्ती बसालिएको क्षेत्र सागरनाथ वन विकास परियोजनाको जग्गा पर्ने÷नपर्ने भनी अनुसन्धान गरी यदि वनको जग्गा भए वन मुद्दा अघि बढाउन डिभिजन वन कार्यालयलाई पत्र प्राप्त भएपछि माओवादी केन्द्र सर्लाहीले चरणवद्ध आन्दोलन सुरु गरेको थियो ।
माओवादीले हिजो मंगलवार बागमती स्थित पुतली चोकमा ठूलो संख्यामा नेता, कार्यकर्ता उतारेर राजमार्ग बन्द र खबरदारी सभा सम्पन्न गरेको थियो । जिल्ला इन्चार्ज काफ्लेले निकालेको विज्ञप्तीमा माघ १३ गतेदेखि १५ गतेसम्मको चरणवद्ध आन्दोलन सशक्त रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।