धनुषा, २० माघ । जनकपुरधाममा कवाड व्यवसायीलाई रडले निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ९ पिडारी चोकमा कवाड व्यवसायी मुकेश यादवलाई रडले निर्ममता पूर्वक एक समूहले कुटपिट गर्दा गम्भीर घाइते भएको भिडियो बाहिरिएका थिए ।
कवाड व्यवसायी यादवको जनकपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी वरुण सिंहले घाइते यादवको उपचार ललितपुरको बी एण्ड बी अस्पतालमा भइरहेको जानकारी दिए ।
रडले यादवमाथि एक समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यादवमाथि शनिवार रडले निर्ममता पूर्वक प्रहार गरेको थियो ।
व्यावसायकै विषयमा छलफलको क्रममा विवाद भएपछि उनीमाथि आक्रमण गरिएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १३ का फेकु साह, अमित साह, तुल्सी साह, सुभाष साह र भारत विहार राज्यको सितामढी विष्णुपुरका विकास साह संलग्न रहेको र उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको डिएसपी सिंहले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन