रौतहट, २३ माघ । पाठेघरको मुखको क्यान्सर विरुद्ध रौतहटको ९ र सर्लाहीको १० वटा पालिकाहरुमा आज बुधवार देखि किशोरीहरुलाई एचपीभी खोप लगाउने अभियान सुरु हुँदैछ ।
रौतहटमा पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिका तथा सर्लाहीमा लालबन्दी, ईश्वरपुर, हरिपूर्वा, मलंगवा, हरिपुुर, कविलासी नगरपालिका तथा चन्द्रनगर, पर्सा, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा खोप कार्यक्रम आज देखि आरम्भ हुन लागेको बताइएका हुन् ।
नेपाल सरकारले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न एचपीभी खोप निःशुल्क लगाउदैछ ।
देशभर हिजैबाट अभियान सुरु भएपछि मधेश प्रदेशमा भने हिजो सरस्वती पूजाको मुर्ति विर्सजन गर्ने कार्यक्रम रहेकाले एक दिन ढिलागरी आजबाट खोप अभियान अघि बढाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जना छात्रालाई एचपीभी खोप लगाइने उनले स्पष्ट पारे ।
यस्तै सर्लाहीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत् छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका ५१ हजार ७२४ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मलंगवाका खोप फोकल पर्सन एवं जनस्वास्थ्य अधिकृत सुशीलकुमार झाले बताए ।
पहिलो चरण आजबाट सुरु भएको खोप अभियान माघ २९ गतेसम्म संचालन हुनेछ । माघ ३० गते देखि सुरु भई फागुन ६ हुने दोश्रो चरणमा गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिका रहेको ।
यस्तै सर्लाहीमा फागुन १ गतेदेखि ७ गतेसम्म बलरा, गोडैता, बरहथवा, बागमती, हरिवन नगरपालिका तथा विष्णु, धनकौल, बसबरिया, रामनगर र चक्रघट्टा गाउँपालिकाका किशोरीलाई खोप लगाइने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन