रौतहट, २३ माघ । सरस्वती माताको मुर्ती सेलाउने क्रममा वागमती नदीमा वेपत्ता भएका युवकको शव बुधवार १५ घण्टा पछि फेला परेका छन् ।
सरस्वती माताको पुजा सम्पन्न गरेर मंगलवार राति ७ बजेको समयमा मुर्ती सेलाउन गएका चार जना युवक मध्ये २२ बर्षीय सूरज यादव वागमती नदीमा डुबेर वेपत्ता भएका थिए । गएराति निकै खोजी कार्य गर्दा समेत फेला नपरेपछि आज विहानै देखि खोजी कार्य गरिरहदा १५ घण्टा पछि साढे १० बजेको समयमा शव फेला परेको स्थानीय बासिन्दाहरुले बताएका हुन् ।
राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवा गाउँमा निजी लगानी एवं चन्दा संकलन गरेर सरस्वतीको पुजा गरे । पुजा सम्पन्न भएपछि मुर्ती सेलाउन राजदेवी नगरपालिका वडा नम्वर ६ हनुमान मन्दीर नजिकको वागमती घाटमा गएको थियो । चारैजना युवाहरु खोलामा डुब्न थालेपछि ३ जना बहिरियो तर राजदेवी ७ मुडबलवाका उमेश यादवको २२ बर्षिय छोरा सुरज यादव डुबेर वेपत्त भए ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अथक प्रयास पछि मुर्ती सेलाएकै स्थानमा मुर्तीमै चेपिएको अवस्थामा शव फेला परे । बरामद भएका युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले प्रहरी आवश्यक अनुसन्धान सुरु गरेको बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट