बेपत्ता बालक हन्श चौधरीको अवस्था अझै अज्ञात, परिवारजनको कन्तविजोग

0 Shares
रौतहट, २३ माघ । रौतहटको दुर्गा भगवती गाउँपालिका १ घर भएका बालक वाराको जितपुर स्थित मामाघरबाट करिव एक साता देखि बेपत्ता भएका तीन बर्षीय बालक हन्श चौधरीको अवस्था अझै अज्ञात रहदा परिवारजनको कन्तविजोग भएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ७ जितपुर स्थित मामाघर गएका अबोध बालक चौधरी एक हप्तादेखि बेपत्ता हुँदा परिवारजनको अवस्था कन्तविजोग भएका हुन् ।
दुर्गा भवानी गाउँपालिका वडा नम्वर १ गंगापिपरा रितेश जयसवालको ३ बर्षीय अबोध छोरा हन्श गएको माघ १७ गते मामा रञ्जित जयसवालको घर अगाडि खेल्ने क्रममा बेपत्ता भएको बारा प्रहरीले जनाए ।
रातो हुडी र निलो पाइन्ट लगाएको अवस्थामा बालक सम्पर्क विहीन भएपछि परिवार र सुरक्षाकर्मीले विभिन्न प्रयास गरे पनि हालसम्म उनको अवस्था अज्ञात नै रहेको बारा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रकाश सापकोटाले बताए । बालकको अवस्थाबारे जानकारी दिनेलाई परिवारजनले एक लाख रुपैयाँ इनाम दिने घोषणा गरेको छ । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले पनि बालकको खोजीमा मद्दत गर्ने व्यक्तिलाई थप ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरिसकेका भएपनि अहिले सम्म बालकको अवस्था अज्ञात रहदा परिवारजनको सब्रको बाँध भत्किदै गएका छन् ।
पूर्व मन्त्री श्रेष्ठले बारा र पर्साका सुरक्षा निकायका प्रमुखहरूसँग संवाद गरेर खोजी कार्यलाई तीव्र बनाउन निर्देश दिइसकेका छन् । उनले आफैँ गाडी लिएर बारा र पर्साका शंकास्पद स्थानहरूमा पुगेर खोजी कार्यमा संलग्न भए ।
बालक हराएपछि परिवारजन आक्रोशित र अत्यन्त चिन्तित छन् । बालकका आमा र हजुरआमा समय–समयमा बेहोस हुने अवस्थामा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले घटनालाई गम्भीर रूपमा लिएर शंकाष्पद स्थानहरुमा छापा मार्ने कार्य जारी रहेको बताए । हराएका बालकलाई खोज्न विशेष टोली परिचालन गरिएको र सिसिटिभी फुटेजको अध्ययन भइरहेको उनले जानकारी दिए । फुटेजमा बालकलाई एक्लै देखिए पनि हालसम्म थप विवरण प्राप्त हुन नसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।