रौतहट, २६ माघ । रौतहटको दुर्गा भगवती घर भएका बालक जितपुर सिमरा मामा घरबाट बेपत्ता भएका बालकको शव शनिवार फेला परेको छ ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ७ र वीरगञ्ज महानगरपालिका वडा नम्वर ३२ को सीमानामा पर्ने टेढ स्थित कियासोती खोलामा तिन बर्षीय बालक हन्स चौधरीको शव फेला परेको बारा प्रहरीले जनाएको हो ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा निवासी रतेश चौधरीको ३ बर्षीय छोरा हन्स चौधरी गत माघ १७ गते जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित मामा रञ्जित जयसवालको घर अगाडि खेल्ने क्रममा हराएका थिए ।
इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छिन् । वीरगञ्ज महानगरपालिका वडा नम्वर ३२ र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको उनले भनिन ।
बालकको खोजी गर्न बारा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । खोजी कार्यमा स्थानीयवासी, प्रहरी र विभिन्न संघसंस्थाको समेत सहकार्य रहेको थियो । घटनाले स्थानीय समुदायमा ठूलो शोक र त्रासको वातावरण सिर्जना गरेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।
हराएका बालकको खोजीका लागि परिवारले एक लाख रुपैयाँ इनाम घोषणा गरेको थियो । यसैगरी बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले बालकको अवस्थाबारे सूचना दिने वा खोजीमा सहयोग गर्ने व्यक्तिलाई ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए । तर आज सबै समक्ष बालकलाई मारेर उक्त खोलामा फालेको अवस्था फेला पर्दा स्थानीयमा त्रास छाएको छ ।
बालक हन्सले लगाएको रातो रंगको हुडी झिकिएको र चार दिन अघि घाँटी थिचेर मारेर उक्त सोती खोलामा फालेको गम्भीर आरोप परिवारजनले लगाए । यस्तो जघन्य अपराध गर्नमा सलंग्नलाई हदै सम्म कारवाही गर्न समेत सम्बध निकाय माग गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन