ओली नेतृत्वको सरकार श्रमजीविको नभई बिचौलियाः प्रभु साह

0 Shares
काठमाडौं, २६ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रमजीविको हकअधिकारको हहन गरी कर असुल्ने सरकार नेपाली जनताको नभई बिचौलियाको भएको बताउनु भएको छ ।
आजपा निकट आम निर्माण श्रमिक संघको शनिवार संघिय राजधानीको कोटेश्वरमा सम्पन्न भएको प्रथम राष्ट्रिय भेलालाई सम्बोधनको क्रममा उक्त कुरा बताउनु भएको हो ।
बिचौलियाको हालीमुहाली रहेका सरकारले श्रमजिवी मजुरलाई श्रमको सुनिश्चिता नदिई श्रमजिवीे श्रमको उचित मुल्यांक गर्न नसकेको गम्भीर आरोप उनले लगाए । ओली सरकारको कारण श्रमजीविहरुले आफ्नो श्रमको उचित मुल्य नपाएको समेत उनले लाञ्छना लगाए ।
आजपा अध्यक्ष साहले श्रमजीवि वर्गको रोजगारी, सुरक्षा, सम्मान एवं समृद्धिको बिषयमा सरकार भगौडा जस्तो भागेर हिडिरहेको आरोप लगाए । ‘मुलुकको विकास, समृद्धिका लागि दिनरात मिहिनेत गर्ने श्रमजीविहरुले अहिलेको बदलिदो समय अनुसार श्रमको उचित मुल्य पाउँन सकेका छैनन् ।
अहिले युवाहरुले रोजगारका लागि विदेशिने क्रम बढ्नु नेपाल सरकार प्रमुख जिम्मेवार भएको बताए ।
आम निर्माण मजदुर संघका अध्यक्ष बिनोद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, महासचिव त्रिभुवन साह, उपमहासचिव सिवी साह, उपमहासचिव धनकुमारी, सचिव देवी पण्डित लगायतको बिशेष सहभागिता रहेको थियो ।
सम्पन्न सो भेलाबाट बिनोद चौधरीको अध्यक्षतामा १०१ सदस्यीय आम निर्माण मजदुर संघको केन्द्रीय कमिटी सर्वसम्मत रुपमा घोषणा गरिएको जनाइएको छ ।
आजपा उपमहासचिव एवं आम ट्रेड युनियन फेडरेसनका इन्चार्ज धन कुमारीका अनुसार संघको उपाध्यक्षमा उपाध्यक्ष महम्मद आलम, आनन्द शर्मा, मोतिलाल चौधरी र सचिवमा चन्दु चौधरी रहेका छन् ।
यसैगरी सोही भेलाबाट आम गार्मेन्ट मजदुर संघको केन्द्रिय कमिटी समेत गठन गरियो । महेश चौधरीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।