रौतहट, २७ माघ । उधारो सामान नदिदा निर्घात कुटपिट गरेर हत्या गरिएका आरोपितलाई आर्थिक चलखेलको आधारमा सफाई दिएकोमा आक्रोशित पीडित परिवारले रौतहट जिल्ला अदालतलाई घरेउ गरेर चर्का नारावाजी गरी प्रदर्शन गरिरहेका छन् ।
यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठा गाउँ बस्ने ५२ बर्षीय रामविनोद गुप्तालाई २०७६ साल असार ४ गते राति १० बजेको समयमा सामान उधारो नदिदा सोही गाउँका विन्देश्वर सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, बडाबाबु सिंह, रामविनोद सिंह र निखिलकुमार सिंह सामुहिक रुपमा मिलेर निर्घात कुटपीट गरेर हत्या गरेको थियो ।
गुप्तालाई हत्या गरेर आरोपितहरु फरार भएका थिए । तर अदालतको कर्मचारी संग सेटिंग गरेर प्रहरीमा दुई जना हाजिर भए । रामविनोद सिंह र रामकिशोर सिंहलाई प्रहरीले अदालतमा पेश गरे तर जिल्ला अदालत रौतहटको १ नम्वर बेञ्चका न्यायाधीश मनोज केसीले सफाई दिदा न्याय पाउने आशामा बसेका पीडित पक्षलाई झन् न्यायालय प्रति आक्रोशित बनाए ।
न्यायाधीश केसीको इजलाशले सफाई दिदा पीडितलाई थप पीडित बनाएको आरोप लगाउदै उनीहरुले ब्यानर सहित अदालतको मुख्य गेटमा धर्ना घेराउ गर्दै न्यायाधीश विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

पीडित परिवारका सदस्य एवं मृतकको भाई राजन गुप्ताका अनुसार कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्तावाला रहेको मुद्दा नं. ०७९ सि १ को ०१५२ नबालक निखिल सिंह र ०१८२ सवालक विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडा बाबु सिंह र रामविनोद सिंह मध्ये दुई जना रामकिशोर सिंह र रामविनोद सिंहलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दा दुबै जनालाई माघ २० गते भएको पेशीमा मुख्य न्यायाधीश मनोज केसीले सफाई दिएको र नबालक निखिल सिंहलाई अपराध गरेको कसुर ठहर गरेकोमा पिडित जाहेरवाला राजन गुप्ता र मृतक रामविनोद गुप्ताको श्रीमती अनिता देवीले उक्त फैसला आर्थिक चलखेलको आधारमा भएको गम्भीर आरोप लगाउदै आरोपितहरुलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै धर्ना प्रदर्शन गर्दै आएका छन् ।
नवालक आरोपित निखिल सिंहको आज थुनछेक बहस चलिरहदा हातमा माइक लिएर रौतहट अदालतको मुख्य गेटमा पीडित राजन गुप्ताले न्यायाधीश, कर्मचारी सहित प्रहरी विरुद्ध चर्का नारावाजी गर्दै घेराउ गरिरहेको छ । न्यायको लागि हामी जस्तो सुकै कठोर अवस्था सहन तयार रहेको संचारकर्मी समक्ष भने ।
प्रदर्शनमा सहभागी भएकाले भन्यो, हामी अन्य समुदायको भएपनि हाम्रै आँखा अगाडी निर्घात कुटपीट गरेर मरणासन्न अवस्थामा पुर्याइदिए, पछि उपचारको क्रममा वीरगञ्जमा रामविनोद गुप्ताको मृत्यु भयो । अब हामीहरु सरुअठामा सुरक्षित छैनौं किनभने पैसाको बलमा अपराधीलाई उम्काउने कार्य न्यालयबाट भएकोमा दुखेसो पोखे । जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले उक्त मुद्दामा दुई जना सफाई पाएको र नवालकलाई कसुवार ठहर गर्दै १२ बर्ष कैद सजायको फैसला भएको उनले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन