ढल्केबर–मुजफ्फरपुर एक हजार मेगावाट प्रशारण हुने सहमती

0 Shares
रौतहट, ३० माघ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाईनबाट ८ सयको साटो अब १ हजार मेगावाट प्रशारण लाईनको क्षमता विस्तार गरिएका छ ।
नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकमा प्रशारण लाईनको क्षमता विस्तार गरिएर क्षमता अनुसारको लाइन प्रशारण गर्न दुई देशबीच सहमति भएको हो ।
समितिको १२ औं बैठकमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले नेतृत्व गरे । बैठकले ९ माघमा सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले सिफारिस गरेका विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा नेपाल–भारत बीच विद्यमान विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अन्तरदेशीय विद्युत् आयात–निर्यात लगायत विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बैठकमा चमेलिया–जौलिजिबीबीचको २२० किलोभोल्ट डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन सन् २०२५ सम्म तयार पार्ने सहमति भएको छ ।
नेपाल खण्डको प्रसारणलाइन नेपाल विद्युत् प्रािधकरण र भारततर्फको लाइन पावर ग्रिडले २०२५ सम्म बनाइ सक्ने सहमति समेत भएको छ । नेपाल–भारत बीच इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली बीच ४ सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य २०३० सम्म सम्पन्न गर्ने समेत सहमतिमा उल्लेख छ ।
त्यसका लागि नेपालत र्फको प्रसारण लाइनको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत एवं भारत तर्फको प्रसारण लाइनका लागि पावर ग्रिडको ५१ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत स्वपूँजी रहने गरी मोडालिटी तय गर्ने सहमति समेत भएको ऊर्जा मन्त्रालयले जनाए ।
निजगढ÷हरनैया–मोतिहारीबीच ४ सय केभी प्रसारणलाइन २०३४÷३५ सम्म निर्माण गर्ने, कोहलपुर–लखनउबीच ४ सय केभी, ढल्केबर–मुजफ्फरपुरबीच ४ सय केभी प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरले प्रतिस्थापन गर्ने सहमति समेत भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।