के गौर राईस एण्ड फ्लोर्स मिल्सको जग्गा विक्री हुँदैछ ? रौतहटबासीको धरोहर गुम्ने त होइन ?

0 Shares
रौतहट, ३० माघ । स्थानीय युवाहरुको खेल मैदान एवं रौतहटबासीको धरोहरको रुपमा रहेका गौर राइस एण्ड फ्लोर मिल्सको जग्गा पूनः एकपटक विक्री हुने चर्चा चुलिएका छन् ।
अहिले चलेको चर्चा मात्रै नभई विक्री वितरण गराउन मालपोत कार्यालयलाई लाखौं रुपैयामा मिलाउने कार्य भईरहेपनि अहिले सम्म सफलता प्राप्त भईनसकेको बुझिएका हुन् ।
गौर राइस एण्ड फ्लोर मिल्सको जग्गालाई अधिग्रहण गराउने एउटा राजनीतिक प्रपंच मात्रै गरियो बास्तविकता त्यस भन्दा भिन्न रहेको पाइएका छन् । श्रोतका अनुसार राइस मिल्सको जग्गा संरक्षण गर्न गराउने जिम्मेवारी लिएका निकायले नै विक्री गर्न तम तयार रहेको छ । गौर नगरपालिकाबाट रोक्का रहेका उक्त जग्गा फुकुवा गराउनु अघि विक्री वितरण गराउने उपयुक्त माहौल बनाउन लागि परेपनि अहिले सम्म सफलता प्राप्त नभएको तराई टप लाई ति श्रोतले बतायो ।
यहाँ सम्मकी वडा नम्वर ३ मा पर्ने उक्त जग्गालाई विक्री गर्न वडा कार्यालयले सिफारिस दिन तयार रहेको बताइएको छ । श्रोतका अनुसार राईस मिल्सको जग्गा विक्री गराउनमा सहयोग गरेवापत गौर नगरपालिकालाई दक्षिण तिरबाट दुई विगहा जग्गा उपहार स्वरुप भू माफियाले दिने कबोल गर्दा गौर नगरपालिकामा रहेका केही पदाधिकारीहरुको भूमिका संदिग्ध रहेको हुँदा स्थानीय बासिन्दाहरु चनाखो हुनुपर्नेमा जोड दिए ।
यस विषयमा मालपोत कार्यालय रौतहटका प्रमुख मोहम्मद इजहार आलम संग सोध्दा आफूपनि रौतहटवासी भएको नाताले राइस मिल्सको जग्गा कुने पनि बहानामा आफूबाट रजिष्ट्रेशन पास नहुने बताए । आफूलाई ठूलो रकमको अफर आएको स्वीकार गरे । तपाईलाई कसले अफर दिएको प्रश्नको जवाफमा त्यो कुरा तपाईलाई पनि थाहा छ भन्दै पन्छिए ।
गौर राइस एण्ड फ्लोर मिल्सको जग्गा प्रकरण के हो ?
बर्षौ बर्ष देखि राइस मिल्सको जग्गा रौतहटबासीले सार्वजनिक रुपमा प्रयोग गर्दै आइरहेको उक्त जग्गा माथि भु माफियाहरुको गिद्धे दृष्टि परेर पटक पटक विक्री वितरण गराउन चलखेल गर्ने हुने गरेका छन् ।
२००३ सालमा गौर राइस एन्ड फ्लोर मिल्सको नाममा स्थापना भएको उद्योगले ५ बिगाहा १९ कठा १५ धुर जग्गा ओगटेको छ । करिब चार दशकदेखि स्थानीयले खेल मैदानको रुपमा प्रयोग गदै आएको राइस मिलको जग्गा २०२१ मा भूमि सुधार तथा सर्वेमा गौर राइस एन्ड फ्लोर मिल लेखिएको पाइएको छ । तत्कालीन नेपाल सरकार, देशका प्रतिष्ठित केही उद्योगी र केही भारतको बजाज ग्रुपको संयुक्त लगानीमा स्थापना भएको उद्योग २०३२ सालमा बन्द भएको थियो ।
उद्योग बन्द भएपछि झन्डै ५ दशक देखि स्थानीय बासिन्दाहरुले खेलकूद मैदानको रुपमा प्रयोग गर्दै आएको तथा विभिन्न समय समयमा राजनितिक सभा तथा मनोरंजनात्मक कार्यक्रम संचालन हुने स्थलको रुपमा प्रयोग हुँदै आएको मिल्सको उक्त जग्गामा भु माफियाहरुको कुदृष्टि परेको पछि रौतहटबासीको धरोहर गुम्ने खतरा बढेका छन् ।
नेपाल सरकारको समेत लगानी रहेको उद्योग बन्द भएपछि उद्योगले चर्चेको जग्गा स्वतः सरकारको भएको हो भन्ने सामान्य मनोविज्ञान जिल्लाबासीको रहेको अवस्थामा २०६६ असार ८ मा संचालक समितिको बैठक बसेर राइस मिलको जग्गा बेच्ने निर्णय गरेको बुझिएको छ । उद्योग संस्थापकहरुमध्ये कतिपयको मृत्यु भइसकेको र कतिपयलाई थाहै नदिई भारतीय लगानीकर्ताहरु दरभंगाका व्यापारी अरबिन्द बजाज, गोपाल प्रसाद बजाज र विजय प्रसाद बजाजको कीर्ते हस्ताक्षरमा राइस मिलको जग्गा बेच्ने निर्णय गर्नुका साथै समितिको सचिवमा बैकुण्ठ पौडेललाई तोकेको थियो ।
पौडेलले २०६६ साउन १९ मा राइस मिलको जग्गाको २०२४ देखि २०६६ सम्मको मालपोत तिरेको देखिन्छ । नपाको अभिलेखमा पौडेलले मालपोतवापत ५५ हजार ७७० रुपैया २० पैसा गौर नगरपालिकालाई तिरेको छ । दशकौँ देखि सार्वजनिक रहेको जग्गाको मालपोत तिरेको र नपाले मालपोत बुझेको सार्वजनिक भएपछि भूमाफियाहरुले राइस मिलको जग्गा किनबेच गर्न थालेको भन्दै स्थानीयले भूमाफियाहरुविरुद्ध समय समयमा आन्दोलन नै थालेका थिए ।
स्थानीयहरुको पटक पटकको आन्दोलन पछि तत्कालै गौर नगरपालिकाको कार्यालयले भूमि सुधार कार्यालय तथा मालपोत कार्यालयलाई पत्र लेखेर राइस मिलको जग्गा बिक्री वितरणमा रोक लगाएको थियो । स्थानीयले नपा सित राइस मिलको जग्गाको मालपोत बुझेपछि २००३ देखि २०२३ सम्मको अवधिको विषयमा जानकारी माग गरेका थिए तर नपाले कागजपत्रको अभाव भएको भन्दै केही पनि नखुलाउन अस्वीकार गरेको थियो ।
भूमाफियाहरुले गौर राइस मिलको जमिनमध्ये १६ कठामा मोही पनि कायम गराउन सफल भएको देखिएको छ । २०६३ मा पर्साको वीरगंजमा रहेको घुम्ती शिविरबाट २०१५ मा नेपालमा जन्म भएको भनी जन्मसिद्ध नागरिकता प्राप्त गरेका कृष्णकुमार शर्माको नाममा १६ कठा मोही रहेको देखिएको छ । उद्योगको जग्गामा मोही नलाग्ने जानकारहरु बताउँछन् । शर्माले झुठो विवरण पेश गरेर  जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ । शर्माको ३४३०२२÷४ नागरिकता नम्बर रहेको उनी भारतको बैरगनिया निबासी हुन् ।
सन २०१७ मा भारत बिहारको सीतामढी जिल्लाको बैरगनिया प्रखन्डको नगरपालिका चुनावमा बैरगनिया १३ नम्बर वार्डका मतदाता संख्या २०९ मा तोरमल शर्माको छोरा कृष्णकुमार शर्माको नाम समावेश रहेको देखिएको छ । भूमाफियाहरुले गौरको जग्गाको सूचना लिन र स्थानीयलाई मिलाउन शर्माको प्रयोग भएको देखिन्छन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्ला प्रशासन कार्यालय पर्सा वीरगंजलाई भारतीय कागज पत्रसहित शर्माको नेपाली नागरिकता छानविनका लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी किरण थापाले पठाएको थियो ।
भू माफियाहरु कसरी सक्रिय भयो त ?
गौर राइस मिलको जमिन बिक्री गर्न निकालेको सूचनाकै आधारमा र भूमाफियाहरुकै सक्रियतामा २०६६ असार १७ मा सिन्डिकेट हाउजिङ डेभलपमेन्ट प्रालिले जमिन किन्यो । उद्योग संचालक समितिको साधारणसभाको निर्णयअनुसार जमिन बिक्री गर्ने निर्णय गरिएको भनिएको निर्णयमा सही रहेको कैयौँ व्यक्तिको हस्ताक्षर नै कीर्ते रहेको पनि पाइएयो ।
प्रालिले साढे चार करोडमा किनेको जमिनको मूल्य कम्तीमा एक अर्बको रहेको छ । स्थानीयले निरन्तर विरोध गर्दै आएकोले प्रालिको नाममा अहिलेसम्म जमिन पास हुन सकेको छैन ।
जग्गा पास हुने हल्ला भएपछि पटक पटक पनि गौरमा आन्दोलन हुँदै आएको छ । २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले गौर राइस मिलको जमिनलाई अधिग्रहण गर्ने हचुवाको भरमा निर्णय गर्दा हाल सम्म रौतहटवासीले राइस मिल्सको जग्गा अधिग्रहण गराउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।