सर्लाही, ३० माघ । सर्लाही जिल्लामा रहेका स्थानीय तह मध्ये स्थानीय तहमा सामाजिक सुरक्षा कोषमा चक्रघट्ट गाउँपालिका आवद्ध भएको छ ।
जिल्लामा रहेका २० वटा स्थानीय तह मध्ये सामाजिक सुरक्षा कोषमा आवद्धा हुनेमा चक्रघट्ट २० औं पालिकाको रुपमा सहभागी भएको हो ।
चक्रघट्टा गाउपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको सामाजिक सुरक्षा का लागि गाउँपालिका पनि आबद्ध भएको बताइएको छ ।
यस अघि सर्लाहीको २० ओटा स्थानिय तह मध्ये १९ ओटा स्थानिय तह आबद्ध भएको थियो आज एक कार्यक्रमका विच सामाजिक सुरक्षा कोषको जनकपुर कार्यालय प्रमुख कैलाश यादव र सामाजिक सुरक्षा कोषको मिडिया आशिष्टेन्ट कामरेन्द्र वर्माको रोहबरमा चक्रघटा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादव बिच कार्यालयमा समझौता भयो । सम्झौता संगै सर्लाहीको सबै स्थानिय तहमा सामाजिक सुरक्षा कोषमा आबद्ध भईसकेको बताइएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट