अध्यादेशको अस्त्रबाट प्रधानमन्त्री ओली निर्वस्त्र भएः आजपा अध्यक्ष प्रभु साह

0 Shares
रौतहट, १ फागुन । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलालाई नै निर्वस्त्र बनाइदिएको अभिव्यक्ति दिए ।
रौतहटको यमुनामाई गाउँपालिकामा जनयुद्ध दिवशको अवसरमा विशेष भेलालाई विहिवार सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झण्डै दुई तिहाईको दम्भमा मात्तिएका प्रधानमन्त्री ओली नेतृत्वका सरकारले ल्याएको अध्यादेश पारित गर्न पनि सामान्य बहुमत नभएको उल्टै अध्यादेश ल्याएर निर्वस्त्र भएको टिप्पणी गरे ।
पूर्व मन्त्री समेत रहनु भएका साहले ‘म प्रधानमन्त्रीसंग सोध्न चाहन्छु, तपाईले त झण्डै दुई तिहाईको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ, तर तपाई आफैले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईसंग समान्य बहुमत पनि छैन् । तपाई कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?’, प्रश्न अध्यक्ष साहले गरे, ‘तपाईले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभो ?’
आफैले ल्याएको अध्यादेश पारित गराउन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए ।
यस्तै आजपा अध्यक्ष साहले अहिलेको नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे । उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।