गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गौर नपाको सिसवा स्थित बिना स्वीकृत गौर नगरपालिकाद्धारा निर्माण भईरहेको प्रवेश द्धार
प्रेमचन्द्र झा
रौतहट, १ फागुन । गौर–चन्द्रनिगाहपुर सडक खण्डलाई स्तरउन्नती गरेर फोरलाईनमा विस्तार गर्ने योजना अन्तर्गत कार्य संचालन भएको अवस्थामा गौर नगरपालिकाले सडक विभागको पूर्व स्वीकृति विना नै स्वागत द्वार निर्माण गर्न लागेकोमा सडक डिभिजन कार्यालयले आपत्ती जनाए ।
सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार कर्णका अनुसार गौर नगर पालिकाले निर्माण गर्न लागेको स्वागत द्वारको विभागिय स्विकृति नरहेको जनाउदै आपत्ती जनाएका हुन् ।
मुल सडक देखि १५ मिटर दायांँ वायांँमा कुनेै पनि स्थायी संरचना नबनाउन तथा बनाउन नदिन सबैलाई आग्रह गर्दै निर्माणकै क्रममा गौर नगर पालिकाले बनाउन लागेको प्रवेस द्वार फोरलाईन बाहिर रहेपनि ड्रोईङ्ग स्विकृत नरहेको प्रमुख कर्णले बताए ।
“देशमा लोकतन्त्र हो कि मनपरी तन्त्र हो बुझन बहुत गाह्रो छ” । “जसलाई जे मन लाग्यो त्यही काम गरी रहेका छन । कसैले कसैको अधिकार क्षेत्रमा प्रवेश गर्नु अगाडि सोधे न सोधे कुनै फरक पर्दैन । ठेक्का भई सकेको रहेका छन । अहिले सहमति दिन भन्छन तै पनि कागज पत्र मिलाएर स्केच मिलाएर ल्याउन भनेको प्रमुख कर्णले बताए” ।
यस बारे गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले सडक डिभिजन चन्द्रनिगाहपुरमा विभागिय सहमतिका लागि आवश्यक कागजात पेस गरी सकेको बताए ।
सडकले तोकेको मापदण्ड अनुसार स्वागत द्वार निर्माण भई रहेको ठाउमा जग्गा प्रयाप्त रहेको प्रमुख ठाकुरले बताए । सडक डिभिजन चन्द्रनिगाहपुरले गौर विपि चौक देखि माधवनारायण नपा ३ गजेन्द्रनारायण सिंह अस्पताल सम्मको १६.३६० किमि सडक फोरलाईन बनउन ठेक्का रमन–आश्रेय जेभीले सकार गरेर निर्माण कार्य सुरु गरेका छन् ।
चन्द्रपुर–गौर सडक (एनएच ३६) लाई फोरलेन कालो पत्रे सडकमा विस्तार तथा स्तर उन्नतिको काम सुरु भएका छन । यसको लागि सडक डिभिजन चन्द्रनिगाहपुरले २०८१÷०६÷०२१ मा रमन –आश्रेय जेभी बसुन्धरा काठमाडौ संग समझौता गरेका थिए ।
सो सडकलाई बनाउन २०८४ असोज २० सम्मको अन्तिम समय सिमा दिईएको छ ।
सो कार्य तोकिएको समय सिमा भित्र सम्मपन्न गराउन कम्पंनीले २०८१ कार्तिक ६ गते देखि कार्य शुभारम्भ गरिसकेको रमन आश्रेय जेभीका प्रोजेक्ट मैनेजर अजय गुप्ताले बताए । फोरलाईन सडकलाई विपि चौक सम्म मात्र सिमित न राख्न स्थानीय समाजसेवी विक्रान्त विक्रम नेपालले बताए । फोरलेन सडक प्रदेशिक अस्पताल गौर सम्म ल्यान उनले माग गरे ।
नेपाली कांग्रेसका नेता तथा रौतहट १ (क) बाट निर्वाचित मधेस प्रदेस सभाका सदस्य नागेन्द्र साहले निर्माण भई रहेको फोर लाईन सडकलाई बोडरसंग जोडिए मात्र यसको औचित्य पुरा हुने र आम नागरिकहरु लाभान्वित हुने बताए । बोडर संग जोडन गौर वजार क्षेत्रको दायाँबायाँबाट पनि बोडर सम्म फोर लाईन सडक जोडन प्रदेश सदस्य साहले माग गरेका छन ।
फोरलाईन सडकको कामलाई बोडर सम्म नजोडिए स्थानीय जनता आन्दोलित हुन वाध्य हुने उनले चेतावनी समेत दिए ।