सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १५ जना घाइते

0 Shares

सर्लाही, १ माघ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको इश्वरपुर नगरपालिकाको बाँके जंगलमा अनियन्त्रित भई बस पल्टिदा १५ जना यात्रु घाइते भएका छन् ।
बर्दिवासबाट पथलैया तर्फ जाँदै गरेका ना. ७ ख. ३६४३ नम्वरको सिटी राईड बस विहिवार राति बेलुकी ७ बजेको समयमा इश्वरपुर नगरपालिका वडा नम्वर १३ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाके जंगलको घारी बथान जाने चोक नजिक तिब्र गतिको कारण आफै अनियन्त्रित भई पल्टिदा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
महोत्तरीको बर्दिवासमा लघु बित्तिय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेका संघर्ष समितिका पदाधिकारी एवं सदस्यहरु सबार ३७ जना मध्ये १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए ।
सडकको दक्षिण साईडमा बस पल्टेको खवर पाउना साथ इकाला प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा १० जनाको टोलीले बसमा सबार व्यक्तिहरुलाई उद्धार गरिएको तथा घाईतेहरुलाई उपचारको लागि लाबन्दी पठाइएको उनले जानकारी दिए । चालक फरार रहेको हुँदा खोजी कार्य जारी रहेको एवं घटनाको पूर्ण विवरण आउन बाँकी रहेको समेत बताए ।

#मोडल अस्पताल लालबन्दीमा उपचार भईरहेको
१.) जि.बारा जितपुर उ.म.न.पा.६ बस्ने गंगा राउतको श्रीमती अं. वर्ष ५२ की लक्ष्मी देवी थरुनीको टाउकोमा चोट अवस्था मध्यम रहेको
२.) ऐ. करैयामाई गा.पा.७ बस्ने राजेन्द्र महराको श्रीमती अं. वर्ष ४५ की राजवती महराको टाउकोमा चोट अवस्था मध्यम रहेको
३.) ऐ. जितपुर उ.म.न.पा.६ बस्ने नारायण चौधरीको श्रीमती अं. वर्ष ३५ की रुमा कुमारी चौधरीको टाउकोमा चोट अवस्था मध्यम रहेको
४) ऐ.ऐ. बस्ने मदन सिंहको छोरी अं. वर्ष २७ की सनम सिंहको बायाँ कुम्मा चोट अवस्था सामान्य रहेको
५.) ऐ.ऐ. बस्ने सन्जिव सिंहको श्रीमती अं. वर्ष ४० की शुशिला सिंह को टाउकोमा सामान्य चोट अवस्था सामान्य ।
६.) ऐ.ऐ. बस्ने देवनारायण सिंहको श्रीमती अं. वर्ष ४० की सविता सिंहको बायाँ कुम्मा चोट अवस्था सामान्य रहेको ।
७.) ऐ.ऐ. बस्ने राम एकवाल दनुवारको श्रीमती अं. वर्ष ५५ की चनिया देवी दनुवारको दाहिने हातमा सामान्य चोट अवस्था सामान्य ।
८.) जि. पर्सा बिरगंज म.न.पा.३२ बस्ने ध्यान हजराकी श्रीमती अं. वर्ष ४५ की लालपरी देवीको बायाँ हातमा सामान्य चोट अवस्था सामान्य रहेको ।

#म्याक्स अस्पताल लालबन्दीमा उपचार भईरहेको

१.) जि.बारा करैयामाई गा.पा.७ बस्ने उपेन्द्र चौधरीको श्रीमती अं. वर्ष ४८ की जानकी देवी थरुनीको ढाड,दाहिने हातमा चोट अवस्था सामान्य रहेको ।
२.) जि.बारा जितपुर उ.म.न.पा.५ बस्ने सुमन्त चौधरीको श्रीमती अं. वर्ष ४५ की हिरामनी चौधरीको बायाँ हातमा चोट अवस्था सामान्य ।
३.) जि.बारा करैयामाई गा.पा.७बस्ने भुपाल राय यदवको श्रीमती अं.वर्ष४८ की ईन्द्र देवी यादवको दुबै हात,कान,ढाडमा चोट अवस्था सामान्य रहेको ।
४.) ऐ.ऐ. बस्ने कामोद चौधरीको श्रीमती अं.वर्ष५५ की द्रोपती चौधरीको दाहिने हातको बिचको औलामा काटिएको,ढाडमा चोट अवस्था सामान्य रहेको
५.) जि.बारा जितपुर उ.म.न.पा.६ बस्ने भरत कुवंरको श्रीमती अं. वर्ष ६० की बिष्णु देवीको टाउको, घाटीमा सामान्य चोट अवस्था सामान्य ।
६.) जि.बारा करैयामाई गा.पा.७ बस्ने बिगेन्द्र चौधरीको श्रीमती अं. वर्ष ५५ की असतुसी देवीको टाउको, अनुहार, दुबै खुट्टा, ढाडमा चोट अवस्था मध्यम रहेको ।
७.) जि.बारा जितपुर उ.म.न.पा.६ बस्ने भुईल सिंहको श्रीमती अं. वर्ष ५५ की फुल्मती देवीको टाउको, घाटीमा चोट अवस्था सामान्य रहेको
८.) जि.बारा जितपुर उ.म.न.पा.६ बस्ने राजनारायण रायको छोरा अं. वर्ष ४५ को ललित नारायण रायको टाउको, ढाड,हातमा चोट अवस्था सामान्य रहेको । यात्रु मध्ये १० जना सकुशल रहेका, अन्य ९ जना सामान्य घाइते भई उपचारमा न रहेको, नाम पछि अपडेट गरिने।

# बस धनी जि. पर्सा बिन्दाबासनी गा.पा. २ बहुर्वाभाटा बस्ने अं. वर्ष ६० को राम बिनोद बिन तालुक इ.प्र.का.केशरगंजको सम्पर्कमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।