मोदीको कुटनीतिक सफलताः २६–११ मुम्बई हमलाका राणालाई अमेरिकले भारतलाई हस्तान्तरण गर्ने

0 Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००८ को नोभेम्बर २६ मा मुम्बईमा आक्रमणका योजनाकार तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनले भने, “मुम्बईमा भएको आतंकवादी हमलामा संलग्न राणालाई भारतमा न्यायको सामना गर्नुपर्नेछ ।”
भारतले लामो समयदेखि राणाको सुपुर्दगीको माग गर्दै आएको छ । एकपटक अमेरिकी अदालतले तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने अनुमति समेत दिएको थियो । तर, गत वर्ष नोभेम्बरमा उनले यो विषयमा पुनर्विचार निवेदन ९याचिका० दायर गरेका थिए । उक्त निवेदन पनि गएको महिना सर्वोच्च अदालतले खारेज गरेको थियो ।
पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा हाल अमेरिकाको जेलमा छन् । सन् २०१३ मा अमेरिकामा तहव्वुर राणालाई उनका साथी डेभिड कोलम्यान हेडलीसँग मुम्बई हमला र डेनमार्कमा आक्रमणको योजना बनाएको अभियोगमा दोषी ठहर गरिएको थियो । यी मुद्दामा राणालाई अमेरिकी अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो ।
को हुन् तहव्वुर राणा


सन् २००८ को नोभेम्बर २६ राति १० चरमपन्थीले एकैसाथ मुम्बईका धेरै भवनहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा १६४ जनाको मृत्यु भएको थियो । जवाफी कारबाहीमा नौ अतिवादी पनि मारिएका थिए ।
भारतले यी आक्रमणकारी पाकिस्तानी भूमिमा सक्रिय चरमपन्थी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको आरोप लगाएको थियो । आक्रमणकारीमध्ये त्यति बेला अजमल कसाब बाँचे । पछि सन् २०१२ नोभेम्बरमा उनलाई फाँसी दिइएको थियो ।
पाकिस्तानी–अमेरिकी नागरिक डेभिड कोलम्यान हेडलीविरुद्ध भारतका तर्फबाट भइरहेको अनुसन्धानका क्रममा बारम्बार एउटा नाम आइरहेको थियो, त्यो नाम थियो तहव्वुर हुसेन राणा ।
सिकागोमा कडा सुरक्षाबीच चार साता लामो सुनुवाइका क्रममा राणाका बारेमा धेरै जानकारी बाहिर आएको थियो । उक्त मुद्दामा सबैभन्दा महत्त्वपूर्ण पाटो हेडली तहव्वुर राणाविरुद्ध सरकारी साक्षी बनेका थिए ।
तहव्वुर हुसेन राणाको जन्म र हुर्काइ पाकिस्तानमा भएको थियो । मेडिकल डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोरमा भर्ना भए ।
राणाकी श्रीमती पनि चिकित्सक थिइन् । पति–पत्नी दुवै सन् १९९७ मा क्यानडा गए । र, २००१ मा क्यानडाको नागरिक बने ।
सन् २००९ मा पक्राउ पर्नुभन्दा केही वर्षअघि राणाले अमेरिकाको सिकागोमा एक ट्राभल एजेन्सी खोलेका थिए ।
अदालतमा भनिएको थियो कि डेभिड कोलम्यान हेडलीसँग उनको पुरानो मित्रता सिकागोमा पुनः सुरु भएको थियो । जब हेडलीले मुम्बईमा आक्रमणको तयारी थाले, उनी २००६ देखि २००८ सम्म धेरैपटक मुम्बई आएका थिए ।
आफ्नो बारम्बार भारत भ्रमणमा कुनै शंका नहोस् भन्ने हेतुले हेडलीले मुम्बईमा राणाको ट्राभल एजेन्सीको शाखा खोले । राणाले यो सबै पाकिस्तानी चरमपन्थी संगठन लश्कर–ए–तैयबाको निर्देशनमा गरिरहेको पनि अदालतमा बताइएको थियो ।
मुम्बई आक्रमणमा ६ अमेरिकी नागरिकको पनि मृत्यु भएको थियो । राणालाई अमेरिकी नागरिकको हत्यामा सघाएको सहित १२ आरोपमा सजाय सुनाइएको थियो ।
एफबीआईले गर्‍यो पक्राउ
अमेरिकाको संघीय अनुसन्धान ब्युरो ९एफबीआई०ले सन् २००९ को अक्टोबरमा राणा र हेडलीलाई शिकागो विमानस्थलबाट पक्राउ गरेको थियो । एफबीआईले उनीहरू दुवै डेनमार्कमा चरमपन्थी हमला गर्न गइरहेको दाबी गरेको थियो । बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।