पत्रकार बन्दना झा वृद्धाश्रममा पुगेर मनाईन ३४ औं जन्मदिन

0 Shares
सर्लाही, ३ फागुन । नेपाल पत्रकार महासंघ सर्लाहीको उपाध्यक्ष तथा सर्लाही टाइम्स दैनिकको सम्पादक एवं प्रकाश बन्दना झाले बृद्धाश्रममा गएर वृद्ध आमाबुवा संग खुशी साटासाट गरेर ३४ औं जन्मदिन मनाएकी छिन् ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर २ स्थित जुटपानीमा रहेको पद्य भुवनेश्वरी नमुना बृद्धाश्रममा शनिवार विहान पुगेर त्यहाँ रहनु भएका आमाबुवालाई गुलियो मिठाई खुवाएर आशिर्वाद लिर्दै आफनो ३४ औं जन्म दिन पत्रकार झाले मनाएकी हुन् ।
वृद्धाश्रममा रहेका ६० जना वृद्ध आमाबुवा र ४ जना अनाथ बालबालिकालाई मिष्ठान्न भोजन गराएर खुशी साटासाट गर्दै उहाँहरुको अवस्था वारे जानकारी लिलै आफूबाट हुने सक्दोको वाचा जन्म दिनको अवसरमा पत्रकार झाले गरिन् ।
वृद्ध आमाबुवासँग जन्म दिन मनाउँदा अत्यन्त खुशी लागेको तथा यहाँ बसेर जन्म दिन मनाउदाको आनन्द भिन्ने महसुस भईरहेको स्मरण गरिन । मन्दिर दर्शन गर्न पुग्दा एउटा भगवान भेटने गरेपनी पनि बृद्ध तथा असहाय आमाबुबासंग जन्मदिन मनाउदा सबै भगवान खुशी भएको उनको विश्वास छ ।
उनले सानै उमेरमा घरपरिवारबाट टाढा रहेका आमाबुवाप्रति माया, सद्भाव, र सम्मान प्रकट गर्दै भविष्यमा पनि यस्ता समाजसेवी कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।
पत्रकार बन्दना झाले बृद्ध आश्रमलाई निरन्तर माया र सहयोग गर्दै आउनु भएको आश्रमकी संचालिका भवानी कोईरालाले बताईन । विगत ५ बर्षदेखि पदम भुनेश्वरी नमुना बृद्ध आश्रममा आएर झा जन्मदिन मनाउदै आउनु भएकोमा विशेष धन्यवाद दिईन र उहाँबाट अगामी दिनहरुमा समेत आश्रमका लागि साथ, सहयोग र सहकार्य रहिरहने अपेक्षा सहितको विश्वास व्यक्त गरिन ।
जन्म दिन मनाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, निवर्तमान अध्यक्ष टंक क्षेत्री, प्रेस मन्च नेपाल का कार्यबाहक केन्द्रिय अध्यक्ष मनोज यादव, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, सचिव रामबाबु खड्का, प्रेस सेन्टर नेपालका उपाध्यक्ष क्षितिज विश्वकर्मा, सचिव राधेश्याम कुश्वाहा, प्रेस मञ्च अध्यक्ष कृष्ण सिंह, तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो ।
जन्मोत्सवको अवसरमा सहभागी अतिथिहरूले पत्रकार झाको सुस्वार्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँको समाज सेवाको भावनाको प्रशंसा गरे ।
जन्म दिन कार्यक्रम लालबन्दी नगरपालिकाका नगरप्रमुख बासु अधिकारीको प्रमुख आतिथ्यता तथा आश्रमका संरक्षक बासुशरण कोईराला र मञ्जु कोईरालाको विशेष आतिथ्यता मा सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।