सर्लाही, ३ फागुन । सर्लाही सदरमुकाम मलंगवामा प्रथम बज्जिका महोत्सव २०८१ को आयोजना हुने भएका छन् ।
मलंगवा नगरपालिकाको स्थापना दिवसको अवसर पारेर स्थानीय बोलचालको भाषा बज्जिकालाई सम्बद्र्धन एवं प्रबद्र्धन गर्ने उद्देश्यबाट आउदो फागुन १७ गते बज्जिका महोत्सव हुने भएका हुन् ।
महोत्सवको आयोजना मलंगवा नगरपालिकाले बज्जिका साहित्य समाज सर्लाहीसँगको समन्वय एवं सहकार्यमा गर्ने जनाइएको छ । बज्जिका महोत्सव आयोजना हुने खबरले स्थानीय साहित्यकार, भाषासेवी तथा सञ्चारकर्मीहरूमा उत्साह बढाएको छ । कार्यक्रमले बज्जिका भाषा र संस्कृतिलाई नयाँ पहिचान दिने विश्वास गरिएको छ ।
नगर प्रमुख नागेन्द्र प्रसाद यादवको नेतृत्वमा ऐतिहासिक रूपमा बज्जिका महोत्सव आयोजना गरिन लागेकाले बज्जिका भाषा, साहित्य र संस्कृति जगेर्नामा यो महोत्सव कोशे ढुंगा सावित हुने विश्वास गरिएको छ ।
बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुशवाहाले हुन गइरहेको महोत्सवले बज्जिका भाषाको इतिहासमा ऐतिहासिक दिनका रूपमा अंकित हुने बताए । महोत्सव सफल बनाउन कार्यदल र सल्लाहकार समिति गठन भइसकेको बज्जिका साहित्य समाजका सचिव तथा साहित्यकार मुकेश मिश्रले जानकारी दिए ।
कार्यदलको संयोजकमा बज्जिका साहित्य समाजका संस्थापक अध्यक्ष रामचन्द्र महतो कुशवाहा चयन भएको छ भने सदस्य सचिवमा नगरपालिकाका फोकल पर्सन मुकेशकुमार मिश्र, सदस्यमा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका नगिना राय, सदस्यमा पूर्व प्रधानाध्यापक जयरुद्र मिश्र, सदस्यमा नेपाल सरकारका पूर्व अधिकृत सुरेन्द्रलाल कर्ण, सदस्यमा बज्जिका साहित्य समाजका सहसचिव विनिता साह, सदस्यमा वर्षा एफएमका सञ्चारकर्मी कृष्णा सिंह र सदस्यमा बज्जिका साहित्य समाजका उपाध्यक्ष शैलियादेवी ठाकुर रहेकी छिन् ।
सल्लाहकार समितिको संयोजकमा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्रप्रसाद यादव रहेका छन् । समितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, कवि राजेन्द्र ठाकुर, स्वास्थ्य संयोजक सलिम मिकरानी र सञ्चारकर्मी मनोज यादव सदस्य रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन