श्याम गुप्ता
बारा, ४ फागुन । भाडाको घरमा वडा कार्यालय संचालन हुँदै आएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को आफनै पक्किको लागि आईतवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
वारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल गाउँमा वडा कार्यालयको आफनो भवन नहुँदा विगत लामो समय देखि भाडामा बस्दै आएको अवस्थालाई मध्यनजर राख्दै आज एक समारोहका बीच ६ कोठे पक्कि भवनको शिलान्यास गरिएको हो ।
वडा कार्यालयको ५३ लाख बजेटमा बन्न लागेको भवनको मधेस प्रदेशका सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा शिलान्यास गरे ।
वडा कार्यालयको आफनै भवन बनाउनका लागि भएको शिलान्यास पछि चाँडै ६ कोठे भवन निर्माण भएर सेवा प्रवाह गर्नमा निकै सहज हुने वडा अध्यक्ष कैमुदिन अंसारीले बताए । भवन निर्माणका लागि स्थानीय समाज सेवी बदरूल होदा अंसारीले १ कत्ठा ५ धुर निजि जग्गा वडा कार्यालयको नाममा पास गरेपछि वडा कार्यालयले बजेट विनियोजन गरेपछि आज शिलान्यास हुदाँ निकै खुशी लागेको वडाध्यक्ष अंसारीले जग्गा धनी पुर्जा समेत उक्त कार्यक्रममा हस्तान्तरण भएको बताए ।
शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की कार्यवाहक वडा अध्यक्ष माया विश्वकर्मा, जग्गा दाता बदरूल होदा अंसारी, मधेस प्रदेश अखिल नेपाल पिछडा वर्ग महासंघका सचिव अनिल कुमार गुप्ता, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता, वडा नम्बर ६ का वडा सदस्यहरू लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन