“जब सेवा बन्दै गयो व्यापार, तब मुख्यमन्त्री सिँह एम्बुलेन्स चालक बनेर स्ट्रीङ अप्रेशन चलाई गोरख धन्धाको फर्दाफास गर्दै”

0 Shares
आईतवार राति मुख्यमन्त्री सतिशकुमार सिंहले अबैध रुपमा संचालनमा रहेका नीजि अस्पतालमा स्ट्रीङ अप्रेशन गर्दै
जनकपुरधाम, ५ फागुन । “भनिन्छ स्वास्थ्य नै जीवन हो, त्यही मानवको जीवन संग खेलबाड गर्ने जनकपुरधामका केही अबैध तथा अनाधिकृत नीजि अस्पतालको लुटतन्त्रलाई पर्दाफास गर्न प्रदेशको मुखिया एवं मुख्यमन्त्री सतिशकुमार सिंह एम्बुलेन्स चालक गएराति अप्रेशन चलाउन बाध्य भए” ।
केही समय यता मधेश प्रदेशका राजधानी जनकपुरधाममा अबैध एवं अनाधिकृत रुपमा संचालनमा रहेका नीनि अस्पतालको कर्तुत सम्बन्धमा प्रदेश सरकारलाई प्राप्त भएको जानकारी अनुसार मुख्यमन्त्री सिंह स्ट्रीङ अप्रेशन चलाउन बाध्य भएको जनाइएको हो ।
मुख्यमन्त्री सिँहले जनकपुरधाममा अवैध तथा अनाधिकृत निजी अस्पतालमा बिरामीको चाप रहेको र मापदण्ड पुरा गरी सेवा सञ्चालन स्वीकृति प्राप्त गरेका अस्पतालका बेड खाली रहेको गुनासा मुख्यमन्त्री कार्यालयमा प्राप्त भएपछि उनले निजी अस्पताल सम्म बिरामी ओसार्न कमिसनको चलखेल गर्ने एम्बुलेन्स चालक  तथा तिनीहरुको चलखेललाई पर्दाफास गर्न सक्रिय भएको बताइएको छ ।
चर्को कमिसनका लागि मात्र एम्बलेन्स चालक लगायत दलालले बिरामी पठाउने र त्यस स्तरको रकम मापदण्ड अनुसारका सेवासुविधा दिने अस्पतालले दिन नसक्ने भएपछि अस्पताल सञ्चालनमै कठिनाइ हुँदैआएको वैद्य अस्पताल सञ्चालकहरूले गुनासो गर्दै आएका बेला मुख्यमन्त्री सिँह एम्बुलेन्स चालक बनेर एक निजी अस्पतालका सुरक्षागार्ड सँग फोन संवाद गरेको भिडियो सार्वजनिक भएको छ ।
मुख्यमन्त्री सिँहले सरोज नाउँ गरेको ३११२ नम्बरको एम्बुलेन्स चालकको परिचय दिँदै आफूले मोटो रकम तिर्ने तयार छु, बिरामी लिएर आएको बताएपछि अस्पतालका सुरक्षागार्डले चेकिङका कारण जनकपुर मोडल अस्पताल आइतबार १२ बजे बन्द भएकाले नजिकका गोदावरी अस्पतालमा बिरामीलाई लैजान सल्लाह दिए ।
एम्बुलेन्स चालकको परिचयका साथ कुरा गरिरहेका मुख्यमन्त्री सिँहले गोदावरी अस्पतालले राम्रो कमिसन दिने कि नदिने प्रश्न गर्दा ती सुरक्षागार्डले त्यस विषयमा कुराकानी गर्नुपर्ने बताएको भिडियोमा सुन्न पाइन्छ । भिडियोमा सुरक्षागार्डले बोलेका वाक्यमा सरकारी टोलीको अनुगमनपछि गलत तरिकाले अस्पताल सञ्चालन गर्नेमा ठूलो भय र त्रास छाएको स्पष्ट सुन्न सकिन्छ ।
जनकपुर मोडल अस्पताल लगायतका निजी अस्पतालले एम्बुलेन्स चालकलाई बिरामी ल्याएबापत बिरामीको आर्थिक अवस्था अनुसार कमिसन दिनेगरेको पुष्टि हुने सो भिडियो यतिबेला भाइरल बनेको छ ।
मुख्यमन्त्री नेतृत्वको सरकारी अनुगमन टोलीले जनकपुर मोडल अस्पतालका सञ्चालकलाई शनिबार र आइतबारको सिसिटिभी फुटेज लिएर सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको छ । मुख्यमन्त्री सिंहको सक्रियताले प्रदेशमा अनाधिकृत रुपमा संचालन भईरहेका नीजि अस्पतालको गोरखधन्धा चौपट हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।