नेपालले पाउने साढे पाँच अर्बको अमेरिकी अनुदान रद्द

0 Shares

नेपालको वित्तीय संघीयताका लागि तोकिएको २० मिलियन र जैविक विविधताका लागि तोकिएको १९ मिलियन अमेरिकी डलर सहायता रोकियो

अमेरिकाले नेपाललाई दिने साढे पाँच अर्ब रुपैयाँ अनुदान रद्द गरेको छ ।
नेपालको वित्तीय संघीयता र जैविक विविधताको क्षेत्रका लागि दिइएको ३९ मिलियन अमेरिकी डलर ९पाँच अर्ब ४० करोड ६१ लाख रुपैयाँ०बराबरको अनुदान रद्द गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नेतृत्वमा गठन गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ले सूचना जारी गर्दै नेपालसहितका मुलुकलाई दिइँदै आएको सहयोग रद्द गरेको हो । ‘अमेरिकी करदाताको डलर खर्चका लागि बाहिर जाने थियो, त्यसलाई तत्काल लागू हुने गरी रद्द गरिएको छ,’ विभागले सामाजिक सञ्जाल एक्समा लेखेको छ । यसैअनुसार नेपालको वित्तीय संघीयताको २० र जैविक विविधताका लागि तोकिएको १९ मिलियन अमेरिकी डलर सहायता रद्द गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नेतृत्वमा गठन गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ले सूचना जारी गर्दै नेपालसहितका मुलुकलाई दिइँदै आएको सहयोग रद्द गरेको हो ।
अर्थ मन्त्रालयले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । अर्थका उच्च अधिकारीले युएसएडको अनुदान स्थगनपछि अन्य सहायता रोकिएको विषयमा औपचारिक जानकारी आइनसकेको बताए । यद्यपि, अन्य सहायता पनि स्थगन हुने अनौपचारिक जानकारी प्राप्त भएको उनीहरूले बताए । ‘युएसआइडीको सहायता स्थगन छ र अन्य दुई सहायता पनि रोकिएको भन्ने आएको छ । तर, औपचारिक रूपमा अहिले केही भन्न सकिँदैन,’ एक उच्च अधिकारीले भने ।
अमेरिकाले युएसआइडी सहायतामार्फत उपलब्ध गराउँदै आएको अनुदान ९० दिनका लागि यसअघि नै निलम्बन गरिसकेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पद सम्हालेलगत्तै सबै किसिमका वैदेशिक अनुदान ९० दिनसम्म निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।