सर्लाही, ९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय संयोजकमा कामरेन्द्र वर्मालाई नियुक्त गरिएका छन् ।
लोसपा अध्यक्ष एवं पूर्व मन्त्री महन्थ ठाकुरले लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय संयोजकमा वर्मालाई नियुक्त गरेका हुन् ।
सर्लाहीको रामनगर गाउँपालिका वडा नम्वर १ खैर्वा निवासी वर्मा विगत एक दशक भन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय रहदै आएको छ । उनी हाल हिमालिनी पत्रिका मा आबद्ध छ । लालटेन खबर का सञ्चालक समेत रहनु भएको छ । वर्माले आफ्नो नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघलाई सशक्त बनाउने प्रतिबद्धता जनाए ।
लोसपाले आफ्नो संशोधित विधानअनुसार पत्रकार संघ गठन गरेको छ । यसअघि जसपाबाट विभाजित भएर बनेको लोसपाको आफ्नै पत्रकार संगठन थिएन । पार्टीले हाल देशभर संगठन निर्माण गर्दै पत्रकारहरूको हकहितमा काम गर्न निर्देशन दिएको छ ।
संयोजकमा नियुक्त भएका वर्माले संगठनको विस्तार र पत्रकारहरूको हकहितका विषयमा प्राथमिकता दिने बताए । लोसपा अध्यक्ष ठाकुरले पनि वर्माको कार्यकाल उत्कृष्ट र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।
पार्टीका नेताहरूले पत्रकार संघको गठनले लोसपा समर्थक पत्रकारहरूको संगठित आवाज सुनिश्चित गर्ने र स्वतन्त्र तथा निष्पक्ष पत्रकारितालाई प्रवद्र्धन गर्ने दाबी गरे । साथै, संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन