सुपरस्टार सहितका सेलेब्रेटीलाई हेर्न तथा मन्दीर दर्शन गर्न मौलापुर मधानी महायज्ञमा ओर्लियो जनसागर

0 Shares
रौतहट, १५ फागुन । भोजपुरी क्षेत्रका सुपरस्टार एवं आफना चहिता कलाकारलाई प्रत्यक्ष रुपमा हेर्न मौलापुर मधानी महायज्ञमा ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको जनाइएको छ ।
रौतहट पश्चिमी भेगमा रहेका मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञ २०८१ को हिजो चौथो दिन मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
मौलापुरको पतौराधाममा नेपाल र भारतका चर्चित कलाकारहरुको जमघटले लाखौं लाखको उस्थिति रहयो । नेपाल र भारतका श्रद्धालु भक्तजनहरु शिव मन्दिरमा दर्शन गर्दै मधानी विशेष सांस्कृतिक कार्यक्रममा उपस्थित भई आफनो चहेता कलाकारलाई प्रत्यक्ष रुपमा हेरेर आनन्द उठाएका थिए । महायज्ञलाई विश्वव्यापी बनाउने कलाकारहरुले प्रतिबद्धता व्यक्त गरको जनाएको छ ।
भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुती रहेको आयोजकले जनाएको छ ।
यसैगरी मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), गौरभनारायण राई (नोपाली गायक), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुती दिएको मौलापुर नगरपालिकाले जनाएको छ ।
मौलापुर नगरपालिकाको आयोजना भईरहेको मधानी महायज्ञ आज विहिवार सम्म चल्नेछ । ११ फागुनमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो भने १३ गते शिवमन्दिरमा विशेष पुजा र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो । १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम संगै महाधानी महोत्सव सम्पन्न हुन गईरहेको मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले बताइन्
‘मधानी महायज्ञमा नेपाल–भारत बीचको सम्बन्ध अझै बलियो बनाउने विश्वास उनले लिएकी छिन् । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’, नगरप्रमुख साहले भनिन् ।
प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छिन् ।
मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म बिभिन्न कार्यक्रम सहित आज साँझ सम्पन्न हुने बताइएको छ ।
आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहद्धारा समुदघाटन
यस अघि मधानी महोत्सव २०८१ को औपचारिक रुपमा आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री तथा रौतहट क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले एक कार्यक्रमका विच समुदघाटन संगै मधानी महोत्सव सुरु भएका थिए ।
मधानी महोत्सव २०८१ को केही झलकहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।