गौरमा पुस्तौ देखि गैरकानुनी रुपमा अस्पताल खोलेर गोरखधन्धा जारी, सम्बध निकाय बेखबर

0 Shares
रौतहट, १५ फागुन । सदरमुकाम जस्तो स्थानमा विना दर्ता बर्षौ बर्ष देखि संचालित रहेका नीजि अस्पतालहरुले विरामीहरुको ढाँड सेक्दै आफनो गोरखधन्धा चराईरहदा पनि सम्बध निकाय बेखबर छन् ।
तैयबको नामबाट संचालित विभिन्न होस्पीटलहरु सहित करिव एक दर्जन भन्दा बढि नीजि क्षेत्रका अस्पतालहरु ऐन कानुनलाई धोती लगाउदै खुलेआम विरामीहरुको ढाँड सेकी गोरखधन्धा चलाइरहेको छ तर सम्बध निकाय कानमा तेल हालेर बेखबर बन्दा विरामीहरु उपचारको नाममा ठगिदै आएका हुन् ।
रौतहट सदरमुकाम गौरको अवस्था यस्तो छ भने जिल्लाका अन्य १७ वटा पालिकाहरुको अवस्था कस्तो होला ? प्रश्न उठ्नु स्वभाविकै हो । स्वास्थ्य उपचारको नाममा बिना दर्ता गैरकानुनी रुपमा अस्पताल संचालन गर्नुको अर्थ खुलेआम लुट्नु वा ठगी गर्नु सरह भएपनि सम्बध निकाय “तै चुप मैं चुप” हुँदा विरामीहरु अनाहकमा स्वास्थ्य माफियाहरु बाट लुटिन बाध्य बनेका छन् ।
गौर नगरपालिका वडा नम्वर १ सहित विभिन्न वडामा संचालित तैयब हेल्थ केयर, तैयब मेडिकेयर होस्पीटल प्राली, डा. तैयब मेमोरियल होस्पिटल प्राली, गौर सेन्ट्रल होस्पिटल, शेख इद्रिश मेमोरियल होस्पिटल प्राली, दिव्याँश अस्पताल, सहितका करिव एक दर्जन भन्दा बढि नीजि क्षेत्रका अस्पतालहरु संचालनमा रहेपनि नियमनकारी निकाय उदाशिन रहदा विरामीहरु लुट्दै आएको विरामीहरुले बताए ।
सम्बन्धित निकायको लापरवाहीको कुनै सिमा नै छैनन्, गएको शनिवार गौर नगरपालिका वडा नम्वर ३ का १८ बर्षीय लालु अधिकारी (यादव) पेट दुखेर प्रादेशिक अस्पताल गौरमा उपचारको लागि आउदा त्यहाँ कार्यरत चिकित्सक डा. पंकज साह र डा. फिरोज अन्जुमले गौर सेन्ट्रल अस्पतालमा उपचार गरेर निको पारिदिन्छु भन्दै उक्त अस्पताल तर्फ पठाए । ।
“गौर सेन्ट्रल अस्पतालमा शैल्यक्रियाको क्रममा युवक अधिकारीको मृत्यु भयो, केही बेर हो हल्ला, हंगामा भयो तर पीडित परिवार शोकमा डुबेर शान्त भए” । कलिलै उमेरमा छोरा गुमाउनुको अस्ह्य पीडा एव बेदना र आँशुलाई पिउदै केही समय विवादबाट टाढिनै उपयुक्त ठाने  । घत लाग्दो के छ भने, विवाद भईसकेपछि मृतक युवकलाई पोष्टमार्टम गरेर आवश्यक कानुनी प्रक्रिया पुरा भएपछि मात्रै शतगतका लागि शव जिम्मा लगाउनुपर्ने थिए तर त्यसो किन भएन ? सबैभन्दा प्रश्न चिन्ह् यही खडा हुन्छन् ।
“सदरमुकाम जस्तो स्थानमा बिना दर्ताको अस्पतालमा पेटको शैल्यक्रियाको क्रममा युवकको मृत्यु हुनु, बिना पोष्टमार्टमको शतगत हुनु, प्रहरी कुनै कारवाही नगर्नु कतै ‘चै चुप र मै चुप’ को खेल त भएको छैन् भने गम्भीर प्रश्न सम्बध निकाय तिर तेश्रिएका छन्” ।
यसरी मानवको जीवन संग खुलेआम खेलबाड भईरहदा कता हराएछन् सम्बध निकायहरु, कता हराएछन् मुख्यमन्त्री सतिशकुमार सिंहको एक्सन, कतै मुख्यमन्त्री ज्यूको एक्सन स्टण्टबाजी मात्रै त होइन, अहिले गम्भीर प्रश्न खडा भएका छन् ।
गौर नगरपालिकाको क्षेत्र भित्र कतिवटा नीजि क्षेत्रका अस्पताल र क्लिनिकहरु छन् भने बिषयमा गौर नगरपाकिलाको स्वास्थ्य संयोजक दिनबन्धु यादवले नगर क्षेत्रमा १८ वटा स्वास्थ्य क्षेत्रमा कार्यरत अस्पताल, क्लिनिक, आँखा अस्पताल, डाइग्नोष्टिक सेन्टर, ल्याबहरु दर्ता भएपनि तैयबको तिन वटा, गौर सेन्ट्रल अस्पताल सहित करिव एक दर्जन अस्पतालहरु दर्ता नरहेको स्वीकार गरे ।
दर्ता गराउन पटक पटक पत्र पठाइपनि नआएको हुँदा अब छापा मार्ने तयारी गरेको उनले बताए ।
स्मरणीय छ की, तैयब नरसिंग होमको रुपमा गौरमा बर्षौ अघि सुरु भएका गैरकानुनी अस्पतालको दोश्रो पुस्ता सम्म आउदा पनि त्यही विधि अनुसार गैर कानुनी रुपमा अस्पताल संचालन गरेर बर्षेणी लाखौं सरकारी राजस्व मास्दै आएपनि गौर नगरपालिका सहित सबै निकाय चुप लागेर बस्दा स्वास्थ्य क्षेत्रमा उपचारको नाममा गोरखधन्धा संचालन गर्नेहरुको विगविगी बढेर गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।