वडाध्यक्ष रामदेनी मुखियाको निधन

0 Shares
ओमप्रकाश यादव
रौतहट, १७ फागुन । रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ४ का वडाध्यक्षको शनिवार विहान असामायिक रुपमा निधन भएको छ ।
माधवनारायण नगरपालिका वडा नम्वर ४ विशुनपूर्वा मानपुर गाउँका वडाध्यक्ष रामदेनी मुखियाको आज विहान ७ बजेको समयमा पैत्रिक निवासमै मृत्यु भएको हो ।
मुखिया लामो समयदेखि गम्भीर प्रकृतिका रोग (क्यान्सर) सँग लड्दै आएका थिए । क्यानसरको उपचार गर्दा गर्दै वडा अध्यक्ष मुखिया थकित हुँदै उनको आज बिहान घरमा यो संसारलाई छाडेर सधैको लागि विदा भएको उनका छोरा राम कलेबर मुखिया बिनले जानकारी दिए ।
केही वर्षदेखि अस्वस्थ रहँदै आएका उनलाई बचाउन उनका छोरा राम कलेबरले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए । बुबालाई बचाउन छोरा राम कलेबरले निकै प्रयास गरेतापनि अन्तत उनलाई बचाउन सकिएनन् ।
नेकपा माओवादीको टिकटबाट २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस्तै २०७४ को चुनावमा पनि उनी माओबादीबाट नै वडा अध्यक्षमा निर्वाचित भएको थियो ।
नेकपा माओवादी पार्टीमा लामो समयदेखि आबद्ध रही काम गर्दै आएका वडा अध्यक्ष मुखियाको निधनले माओवादी पार्टीलाई अपूरणीय क्षति भएको तथा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति दुखको घडीमा धर्यधारण राख्न इश्वरले शक्ति प्रदान गरुन भने माओवादीका जिल्ला इन्चार्ज एवं संविधान सभा सदस्य अशोक जयसवालले कामना गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।