रौतहट, १८ फागुन । मधेश प्रदेशका आठ वटै जिल्लाको विभिन्न स्थानीय तहमा च्याउ झै उम्रिएका अस्पतालहरु बिना इजाजत गैरकानुनी रुपमा संचालन गरेर माफियाहरु लुटखसोट मचाउदा उक्त धन्धा माथि मुख्यमन्त्री डण्डा चलाउने जमर्को गरेका छन् ।
स्थानीय तहले उब्जाएका समस्याबाट सर्वसाधारण नागरिकहरु ति स्वास्थ्य क्षेत्रका माफियाहरुबाट लुटिदै जाँदा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफै अनुगमन निरीक्षणमा निस्किदै कानुनी डण्डा चलाउने कार्यबाट माफियाहरु त्रसित भई गोरखधन्धा चलाईरहेका पसलहरु बन्द गरेर भागमभाग भएका हुन् ।
रौतहटको चन्द्रपुर, गौर सहितका विभिन्न स्थानीय तहमा स्वीकृति नै नलिई अनाधिकृत रुपमा खडा गरिएका नीजि क्षेत्रका अस्पतालहरुमा शनिवार साँझ अनुगमन निरीक्षण गर्दा अधिकाँश अस्पतालहरुको सटर बन्द गरी माफियाहरु फरार भएको देखियो ।
यस्तै सदरमुकाम गौरमा पनि स्वास्थ्य माफियाहरु पनि आ आफना सटरमा ताल्चा लगाएर फरार भएपछि त्यस्ता लुटखसोट मचाउने नीजि अस्पताल विरुद्ध मुख्यमन्त्री सिंहले कानुनी डण्डा चलाएको बुझिएको छ ।
स्मरणीय यो छ की, २५ सैंया सम्मको अस्पतालको संचालन गर्न सम्पूर्ण मापदण्ड पुरा गरेकालाई मात्रै स्वीकृति दिने कानुनी प्रावधान भएपनि स्थानीय तहमा रहेका राजनीतिक बर्चस्वका कारण स्थानीय तहको ऐन कानुनलाई धोती लगाउदै च्याउ झै उम्रिएका यस्ता अस्पतालहरु खडा गरेर विरामीहरुको ढाँड सेकी अबैध असुली जारी राख्दा समेत स्थानीय तहले अनुगमन एवं कारवाही गर्न नसक्दा कतै स्थानीय तहका जिम्मेवार पदाधिकारीहरुको साँठगाँठ त छैन भने प्रश्न चिन्ह खडा भएका छन् ।
स्थानीय तहले सृजना गरेको बेथेतीलाई अन्त्य गर्न मुख्यमन्त्री सिंह प्राविधिक टोली सहित मधेश प्रदेशमा आफै अनुगमन निरीक्षण गर्दै त्यस्ता अस्पतालहरु माथि कानुनी डण्डा चलाएर सर्वसाधारणलाई लुटिनबाट जोगाउने कार्यमा सक्रिय भएका छन् ।
मधेस प्रदेशको मुख्यमंत्री सतीशकुमार सिंहले चन्द्रपुर नपाको चन्द्रनिगाहापुर स्थित स्वास्थ्य संस्थाको अनुगमनको क्रममा पाइएको केही तथ्यहरु यसप्रकारका छन् ।
१ . हाईवे ट्रमा सेन्टर ( बिना दर्ता संचालन)
२ . सिभिल हयुमन रिसर्च सेन्टर ( बिना दर्ता सन्चालन)
३ . पब्लिक लाईफ केयर पोलिक्लिनिक ( बन्द गरी भागेको)
४ . एपोलो सिटी अस्पताल ( बन्द गरी भागेको)
५ . हिमालयण पोलिक्लिनक चन्द्रपुर ( बन्द गरी भागेको)
६ . चपुर सिटि हस्पिटल प्रा. ली ( बन्द गरी भागेको )
७ . सिम्स अस्पताल प्रा. लि.( बिना दर्ता संचालन)
८ . गोल्डेन अर्थोपेडिक एण्ड जेनरल हस्पिटल प्रा ली ( बन्द गरी भागेको)
९ . चन्द्रपुर सामुदायिक हस्पिटल प्रा ली ( बिना दर्ता संचालन)
१० . चन्द्रपुर आखा तथा दात उपचार केन्द्र ( बन्द गरी भागेको)
११ . चन्द्रपुर अस्पताल प्रा. ली. ( दर्ता गरी संचालनमा रहेको)