आज देखि पवित्र महिना रमजान सुरु

0 Shares
रौतहट, १८ फागुन । मुस्लिम धर्माबलम्बीहरुको पवित्र महिना रमजान आईतवार देखि रौतहट सहित विश्वरभर सुरु भएका छन् ।
हिजरी संवत्को नवौँ महिनाको प्रारम्भ चन्द्रमा देखिएसँगै सुरु हुने परम्परा अनुसार शनिवार साँझ चन्द्रमा देखिपछि आज देखि मुस्लिम समुदायले रमजानको पहिलो रोजा (व्रत) सुरु गरेका हुन् ।
रमजान करिब ३० दिनसम्म चल्नेछ र चन्द्रमाको दुतियाको चन्द्रमा देखेपछि  इद–उल–फित्र पर्वसँगै समापन हुने गर्दछ ।
रमजानको मुख्य विशेषता भनेको रोजा अर्थात् दिनभरी निराधार व्रत बस्नु हो । रोजा राख्नका लागि मुस्लिमहरूले बिहान दिनभरको ऊर्जाको स्रोतका लागि सूर्योदय हुनु अघि सेहरी (सुहुर) भनिने खाना खान्छन्, जुन दिनभरको ऊर्जाको स्रोत बन्छ । त्यसपछि दिनभरी पानी समेत नखाई निराहार रहन्छन् । सूर्यास्तपछि इफ्तार (इफ्तारी) गरेर रोजा तोड्छन् । रोजा तोड्दा सामान्यतया खजुरबाट सुरु गरेर पानी, फलफूल र अन्य खानेकुरा खाने गर्दछन् ।
दिनमा पाँच पटकको नमाजका अतिरिक्त राति ‘तरावीह’ भनिने विशेष नमाज पढ्ने परम्परा छ । साथै, कुरान पाठ, दान (जकात) र प्रार्थनालाई पनि प्राथमिकता दिइन्छ ।
रमजानलाई इस्लामको पाँच आधार स्तम्भ मध्ये एक मानिन्छ । रमजानको महिनालाई अल्लाहले कुरान अवतरण गरेको पवित्र समयका रूपमा लिइन्छ । मान्यता अनुसार यसले मुस्लिमहरूलाई धार्मिक जीवनमा अझ नजिक ल्याउँछ । रमजान आत्मसंयम, धैर्य, त्याग र परोपकारको अभ्यास गर्ने अवसर हो । रोजाले शारीरिक शुद्धि मात्र नभई मानसिक र आध्यात्मिक अनुशासन पनि कायम राख्ने मान्यता छ ।
रमजान पर्वले नेपालको बहु धार्मिक र बहु सांस्कृतिक समाजमा सहिष्णुता र एकताको सन्देश पनि प्रवाह गर्छ । सरकारले इद–उल–फित्रको अवसरमा सार्वजनिक बिदा दिने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।