भारतीय सरकारको आर्थिक सहयोगमा बाराको भलुही भरबलियामा निर्माण सम्पन्न भएको पक्कि पुल संचालनमा

0 Shares
बारा, १८ फागुन । भारत सरकारको आर्थिक सहयोगमा बाराको बंगरी नदीमा बनेको पक्कि पुल एक समारोहका बीच उदघाटन भएपछि संचालनमा आएको छ ।
बाराको भलुही भरबलिया ८ स्थित बंगरी नदी माथि निर्माण भएको पक्कि पुल उदघाटन पश्चात संचालनमा आएको हो । “नेपाल–भारत विकास सहयोग” सामुदायिक विकास परियोजना अन्तर्गत सार्वजनिक पूर्वाधार क्षेत्रमा सहयोग हेतु निर्माण सम्पन्न गरी संचालनमा आएपछि स्थानीयबासीहरु हर्षित भएका छन् ।
वीरगञ्ज स्थित भारतीय महावाणिज्यदूत देवीसहाय मीना र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले संयुक्त रुपमा उदघाटन गरेपछि संचालनमा आएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
भारत सरकारको पुल निर्माणका लागि एक करोड ९६ लाख खर्चेर निर्माण सम्पन्न भएको छ । महावाणिज्यदूत मीनाले नवनिर्मित आरसिसी पक्की पुलले अब भलुही–भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई पर्सा सदरमुकाम वीरगञ्ज महानगरपालिका सँग सिधा सम्पर्क गर्न सहज भएको बताए ।
“पुल निर्माण भएसँगै स्थानीयवासीको जीविकोपार्जन र यातायातको क्षेत्रमा सहज पहुँच सृजना भएको औचित्यलाई औल्याए”, उनले भने, “यहाँका स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर पुल निर्माण गरेका हौं । महावाणिज्यदूत मीनाले बताए ।”
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर न्यौपानेले पुल बनेसँगै यस भेगका जनताहरुको जनजीवनमा थप सहज भएको बताए । “पहिला पुल नहुँदा र अहिले पुल बनेपछि यहाँका जनताको आर्थिक र सामाजिक लगायत गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ”, उनले भने, “सडक र पुलजस्ता पूर्वाधारले अन्य गतिविधिलाई समेत चलायमान बनाउनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।”
सन् २००३ देखि भारतले नेपालमा पाँच सय ६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउँदै आइरहेको छ । नेपालका सातै प्रदेशको तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताको निर्माणका क्षेत्रमा चार सय ९३ परियोजना पूरा गरिसकेको छ ।
ति मध्ये भारत सरकारले भारतको महावाणिज्य दूतावास, वीरगञ्जको क्षेत्राधिकार अन्तर्गत ७४ वटा कार्यक्रम स्वीकृत गरेको छ । ५६ वटा हालसम्म पूरा भइसकेका छन् । जसमध्ये तीनवटा बारा जिल्लामा छन् ।
भारत सरकारले वाणिज्य दूतावासको क्षेत्राधिकार अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई एक सय ९७ एम्बुलेन्स र ३८ स्कुल बस उपहार स्वरूप प्रदान गरेको जनाइएको छ । ति मध्ये भारत सरकारले बाराका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १३ एम्बुलेन्स र चार स्कुल बस उपहार प्रदान गरेको बुझिएको छ ।
महावाणिज्यदूत मीनाले भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेकाले पनि भारत र नेपाल बीचको जनस्तरका सम्बन्धलाई प्रतिविम्बित गर्ने बताए । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकास जस्ता प्राथमिकता क्षेत्रमा पूर्वाधार निर्माण गर्ने प्रयासमा टेवा पुग्ने विश्वास लिएको जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।