रौतहट, १९ फागुन । अनाधिकृत रुपमा बिना दर्ताको संचालनमा रहेका अस्पतालहरुमा मुख्यमन्त्रीले निरीक्षण गरेर बन्द गर्न दिएको निर्देशन विपरित कार्य गर्दा एक जना अबैध अस्पतालका संचालकलाई सोमवार रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
गएको शनिवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चन्द्रपुर नगरपालिका स्थित विभिन्न स्थानमा संचालनमा रहेका ११ वटा निजी अस्पतालको निरीक्षण गर्ने क्रममा चन्द्रपुर अस्पताल प्राली बाहेक सबै अस्पताल गैरकानुनी एवं अबैध रुपमा संचालनमा रहेको पाइएपछि तिनीहरुलाई बन्द गर्न निर्देशन दिएका थिए ।
उक्त निर्देशनको अवज्ञा गर्दै अबैध अस्पताल मध्येका सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुर आज संचालनमा ल्याएपछि उक्त अबैध अस्पतालका संचालक राजन साहलाई आज विहान इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ ।
मुख्यमन्त्री सिंहले अनाधिकृत रुपमा संचालित अस्पताललाई बैधानिकता लिएर मात्रै संचालन गर्न पत्र दिएपनि उक्त पत्रको अवज्ञा गरी संचालन गर्न खोज्दा साहलाई नियन्त्रणमा लिइएको इप्रका चन्द्रपुरका डिएसपी राजकुमार राईले बताए ।
मुख्यमन्त्री सिंह सहितको टोलीले हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्रहरु अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिए । इलाका प्रहरी कार्यालय चन्द्रपुरमा संचालक साहले बैधानिकता पुर्याएर मात्रै अस्पताल संचालन गर्ने लिखित कागज बनाएपछि उनी रिहा भएको प्रहरी श्रोतबाट बुझिएको छ । यता संचालक साह अस्पताल दर्ताको लागि नगरपालिकामा पटक पटक प्रयास गरेपनि चन्द्रपुर नगरपालिकाले कार्यविधि नबनाएको हुँदा दर्ता हुन ढिलाई भएपनि एक दुई दिन भित्र दर्ता भईसक्ने दाबी गरे ।
यसैगरी गरुडा, यमुनामाई, गौर लगायतका स्थानीय तहका क्षेत्रमा विभिन्न नामबाट संचालनमा रहेका अस्पतालहरु दर्ता नै नगरी संचालनमा रहदा त्यस्ता अस्पताललाई कारवाहीको दायरमा कहिले सम्म ल्याउने हो भने यतिखेर प्रश्न चिन्ह् उब्जीएका छन् ।
त्यती मात्रै नभई सदरमुकाम जस्तो गौरमा तैयब नरसिंग होमबाट विभिन्न अस्पतालहरु बनेको र ति अस्पतालहरु विना दर्ताको संचालनमा रहदा कसको संरक्षण रहेको छ भने प्रश्न उठ्नु स्वभाविकै हो । ठूला ठूला नेताहरुको आशिर्वाद प्राप्त रहेका स्वास्थ्य माफियाहरुलाई कारवाहीको दायरमा ल्याई अनाहकमा सोझासाझा जनताहरुलाई ठगिनबाट रोकिनु स्थानीय प्रहरी प्रशासनको त्यतीकै दायित्व रहेको छ जति स्थानीय तहको छ ।
प्रादेशिक अस्पताल गौर अगाडी च्याउ उम्रे झै औषधी पसलहरु विना लाइसेन्सको संचालन भईरहेको भएपनि तिनीलाई नियमन गर्न कसले कदम उठाउला ? नागरिक अगुवाहरुले प्रश्न उठाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन