नेपाली काँग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्री सिंह समक्ष तेश्रयाए २९ बुंदे प्रश्न

0 Shares
यति खेर मेधश प्रदेशमा निकै स्टण्टबाजी चलाएर प्रदेशको मुखिया एवं मुख्यमन्त्री सतिशकुमार सिंहले चर्चा बटुल्न खोजेर विकास निर्माणबाट आम नागरिकको ध्यान दिग्भ्रमित बनाउनमा तल्लिन रहेको पाइएका छन ।
नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले मधेश प्रदेशका जिल्लाहरुमा विकासबाट बंचित रहेका स्थानहरुमा जनमुखी कार्य गर्नुको साटो बिनाकामको मुख्यमन्त्री स्टण्टबाजी गरेर जनताहरुलाई विकासबाट टाढिने कार्यमा अल्झाएको गम्भीर आरोप लगाए ।
प्रदेशका गरिने विकासका कार्यहरुमा भईरहेको ढिलाई, जनताहरुलाई भईरहेको असुविधा, तस्करहरुको हालिमुहाहली बढ्नु, विचौलियाहरुको बोलबाला हुनु, भ्रष्टाचारीहरु सलबलाउदै जानु लगायतका विभिन्न अवाञ्छित कार्यलाई रोक्न असफल रहेका मुख्यमन्त्री सस्तो लोकप्रियता कमाउनमा ब्यस्त रही गठबन्धलाई बन्धकी बनाएको नेपाली काँग्रेस प्रचार प्रसार विभाग प्रमुख गुप्ताले ठहर गरे ।
गठबन्धनको धर्मलाई निर्वाह नगरी उनकै पार्टीका मन्त्रीद्धारा आर्थिक लेनदेन गरेर योजनाहरु वितरण गर्नेलाई कारवाही नगरी अहिले जारी रहेका स्टण्टबाजी अभियानबाट रकमी चलखेलमा लागेर मधेश प्रदेश सरकारलाई बदनाम गराउने अभियानमा मात्रै तल्लिन रहेका मुख्यमन्त्री सिंहको कार्यशैलीबाट गठबन्धन भित्रै तिव्र रुपमा असन्तुष्टि रहेको उलने स्पष्ट पादै उनले विकासको काम प्रती केन्द्रीत नभई सस्तो लोकप्रियता कमाइरहेको बेला मेरा केही प्रश्नहरू यस प्रकारका छन् ?
१. नेपाल भारतको सिमानामा तस्करी किन बन्द हुँदैन ?
२. यहाँ निमुखा गरिबहरूलाई निःशुल्क स्वास्थ्य उपचार किन पाउँदैन ?
३. कमिसनमा बजेट वितरण कहिले बन्द हुन्छ ?
४. मधेस प्रदेशमा अहिलेसम्म दुई प्रतिशत पनि बजेट खर्च नहुनुको मुख्य कारण के हुन् ?
५. मधेस प्रदेशको सुरक्षा व्यवस्थामा कमजोरी हुनुको मुख्य कारण के हो ?
६. मधेस प्रदेश सरकारी अस्पतालहरूमा गरिबहरूले समयमा उपचार पाउँदैन त्यसको कारण के होला ?
७. प्रदेश अस्पतालमा, नगर तथा गाउँघरको सरकारी स्वास्थ्य कार्यालयमा औषधिहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् किन ?
८. मधेस प्रदेशमा विनियोजित रकमहरू किन खर्च भइरहेको छैनन् ?
९. अस्पतालमा अस्ति मोबाइलमा कुरा गर्नुभयो को व्यक्तिसँग कुन व्यक्तिसँग कुराकानी गरेर त्यसको नाम सार्वजनिक किन गर्नुभएन ?
१०. कानुन विपरीत निजामती कर्मचारीको सरुवा बढुवा चलखेल भइरहेको किन ?
११. मधेस प्रदेशमा दाइजो प्रथाको कारण दिनप्रतिदिन हाम्रा चेलीहरु अनाहकमा ज्यान किन गुमाउन बाध्य छन् ?
१२. मधेस प्रदेशमा राजस्व संकलन किन भइरहेको छैन ?
१३. मधेस प्रदेशमा रहेका र अहिले बनाएको मन्त्रालयहरू व्यवस्थापन किन छैन ?
१४. मधेस प्रदेश सरकारले अहिलेसम्म गरेको काम कर्तव्यको प्रगति प्रतिवेदन सार्वजनिक किन गरेनन् ?
१५. गरिब, दिनदुखी, कमजोर आय भएका कमैयाहरु खान पाइरहेको छैन त्यसको व्यवस्थापन कहिले र त्यसको पूर्ण स्थापना कहिले हुन्छ ?
१६ .मधेस प्रदेशमा किसानहरूले समय–समयमा रासायनिक मलखाद्य प्राप्त गर्दैन किन ?
१७. मधेस प्रदेश सरकारले खेती योग्य जग्गाहरूमा किसानहरुको लागि सिँचाइ  व्यवस्थापन किन गरिरहेको छैनन् ?
१८. मधेसमा खानेपानीको शुद्ध व्यवस्था गर्नुपर्ने तर अझै गाउँघरमा बसोबास गर्ने नागरिकहरु शुद्ध खानेपानीबाट कहिले सम्म बञ्चित रहला ?
१९. आजभोलि गरिबहरूले सजिलो सँग बैंकबाट ऋण पाइरहेको छैन ? त्यसको कहिले व्यवस्थापन गर्ने ?
२०. मधेस प्रदेशमा अलपत्र रहेका योजनाहरूलाई कहिले सम्पन्न गर्ने हो ?
२१. मधेस प्रदेशमा विश्वविद्यालय र गुणस्तरीय विद्यालयहरू कहिले बनाउने हो ?
२२. मधेस प्रदेशमा निष्पक्ष प्रतिस्पर्धा नगराई कमिसनको चलखेल गरेर विभिन्न राजनीतिक पदहरूमा नातावाद  कृपावादलाई  नियुक्ति परिपार्टी कहिले अन्त्य होला ?
२३. मधेस प्रदेश भित्र सरकारी डाक्टर कर्मचारीहरूले आ आफ्ना निजी प्राइभेट अस्पतालहरू सञ्चालन गरेकाहरु माथि कारबाही गरी पदमुक्त कहिले गर्ने हो ?
२४. मधेस प्रदेशमा भइरहेको दाइजो प्रथा तथा बालविवाहकाल कारण मृत्युलाई कहिले सम्म रोकथाम गर्ने हो ?
२५. मधेस प्रदेशको सबै जिल्लालाई समृद्ध घोषणा कहिले गर्ने हो ?
२६. मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले आम जनतासँग उपभोक्ता समितिमा काम गर्न दलाल मार्फत लिइरहेको १० प्रतिशत कमिसन रकम कहिले बन्द गर्ने ?
२७. चालु आर्थिक वर्ष ०८१÷०८२ मा विनियोजित रकमहरूको कार्यक्रमहरू कहिले सम्म सञ्चालनमा आउने तथा त्यसको जिम्मेवारी कसले लिने हो ?
२८. मधेस प्रदेशको सरकारी अस्पतालहरूको डाक्टरहरूलाई राम्रोसँग व्यवस्थापन र योग्य सक्षम अनुभवी कहिले ल्याउने हो ?
२९. निजी अस्पतालहरूमा काम गर्न सरकारी अस्पतालका डाक्टरहरुलाई कारबाही नगर्ने जताततै गएर सस्तो लोकप्रियता कमाउन चेकजाँच गरी नौटंकी मात्र गर्ने आफ्नो सरकारी अस्पतालहरूलाई व्यवस्थापन कहिलेसम्म गर्ने हो ?

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।