जसपा नेपाललाई ठूलो झट्का, पुर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

0 Shares
राधेश्याम कुशवाहा
सर्लाही, २३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व सांसद प्रमोद साह विधिवत रुपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रद्धारा सर्लाही सदरमुकाम मलंगवामा शुक्रवार आयोजित “जनतासँग माओवाद, तराई–मधेस जागरण अभियान” अन्तर्गतको जन सभामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जसपा परित्याग गरेर आएका साहलाई पार्टीमा स्वागत गरेका हुन्
साह २०७४ सालको आम निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका साह २०७८ सालदेखि जसपाको प्रमुख सचेतकको भूमिकामा रहेर उनले मधेसको मुद्दा उठाउँदै आएका थिए । तर आज मधेशवादको राजनीतिलाई तिलाञ्जली दिई माओवादको नीति अपनाएपछि मधेशमा जसपाको राजनीति माथि गम्भीर संकट खडा भएका छन् ।
माओवादी रोज्नुको कारण
पार्टी प्रवेश पछि नेता प्रमोद साहले माओवादी केन्द्र नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख पक्षधर भएको हुनाले यही दल रोजेको बताए । माओवादीले उत्पीडित समुदायलाई न्याय र समान अधिकार दिलाउने विश्वास दिलाएकोमा अब आफू यसै आन्दोलनको हिस्सेदार बनेर अघि बढ्ने स्पष्ट पारे ।
उनले कांग्रेस र एमालेलाई ‘पहिचान विरोधी’ दलको रूपमा व्याख्या गर्दै मधेसी दलहरूलाई ‘अवसरवादी’को संज्ञा दिए । मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्न अब माओवादी केन्द्र नै बलियो विकल्प भएको उनले टिप्पणी गरे ।
माओवादीमा अन्य नेताहरूको प्रवेश
सोही अवसरमा पूर्व प्रदेशसभा सदस्य निराकुमारी साह सहित ठूलो संख्यामा जसपा नेपालका नेता एवं कार्यकर्ताहरुको साथै अन्य दलका नेताहरू पनि माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।
यस प्रकारको राजनीतिक घटना क्रमले मधेसको शक्ति सन्तुलनमा नयाँ तरंग ल्याउने देखिन्छ । प्रमोद साहको आगमनले माओवादी केन्द्रको मधेसमा प्रभाव विस्तार गर्ने रणनीतिक योजनालाई थप बल पुगेको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।