रौतहटको विर्ताबाट अबैध रुपमा असुली गर्ने एक नक्कली प्रहरी पक्राउ

0 Shares
ओम प्रकाश यादव
रौतहट, २४ फागुन । आफुलाई नेपाल प्रहरीको सादा पोशाकको (घुमुवा प्रहरी) बताउदै अबैध रुपमा रकम असुली गर्ने एकजना नक्कली प्रहरीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारण व्यक्तिसंग रकम असुली गरेको आरोपमा प्रहरी चौकी विर्ताले गरुडा नगरपालिका वडा नम्वर ८ विर्ता चोकका शेख मनिफको ४४ वर्षिय छोरा शेख सदरे आलमलाई पक्राउ गरेको हो ।
घुमुवा प्रहरी भन्दै आलमले स्थानीय व्यापारी र किसानहरुसंग पैसा असुली गर्दै आएका थिए । आलमले पैसा असुल्ने गरेको गुनासो स्थानीयहरुले प्रहरी चौकी विर्तामा गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा प्रहरी हुँ भन्दै स्थानीय मलखाद्य ल्याउदै आएका किसानहरुलाई रोकी डरत्रास देखाई पैसा असुली गर्ने गरेको सूचनाको आधारमा आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी रायले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।