लिला साह लोसपा परित्याग गरेर पुनः पुरानै घरमा फर्कियो

0 Shares
ओम प्रकाश यादव
रौतहट, २४ फागुन । नेकपा माओवादी हुदै लोसपामा आएका लिलाप्रसाद साह पुनः माओवादीमै फर्किएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष रहेका लिलाप्रसाद साह तेली आज विधिवत रुपमा माओवादी अध्यक्ष पुष्पकमल दहाललाई साक्षी मानेर उक्त पार्टीमा फर्किएको हो ।
लोसपाका नेता अनिलकुमार झाको अत्यन्तै करिवी रहेका साह माओवादीमा प्रवेश गरेपछि रौतहटमा लोसपालाई ठूलो धक्का लागेको छ ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा रौतहटमा रहेका प्रचण्ड आज बिहान माधवनाराण नगरपालिका वडा नम्वर ६ माधोपुरमा आयोजित एक कार्यक्रमका बीच साहलाई पार्टी प्रवेश गराए ।
लोसपा जिल्ला अध्यक्ष लीलाप्रसाद साह सहित लोसपाका सयौ नेता कार्यकर्ता माओवादीमा प्रवेश गरे । पार्टी प्रवेश गर्ने सबैलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेर संगठनलाई बलियो बनाउन निर्देश दिए ।
साह माधवनारायण नगरपालिका वडा नम्वर १ निवासी हुन् । साहले लोसपा नेपालको तर्फबाट यस अघिको स्थानिय तहको निर्वाचनमा माधवनारायण नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए । निर्वाचनमा उनले दोस्रो स्थान प्राप्त गर्दै मेयर पदमा थोरै मतान्तरले पराजित भएका थिए ।
चुनावमा उनले कुल तीन हजार तीन सय ३२ मत ल्याएका थिए । माधवनारायणको राजनीतिमा उनी ठूलो प्रभाव राख्ने नेता समेत थिए । उनी २०७४ को चुनावमा पनि मेयरमा लडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।