भ्रष्टाचारीहरुलाई रक्षा गर्न हाम्रो सरकार ढालियोः माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

0 Shares
ओम प्रकाश यादव
रौतहट, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई रक्षा गर्न माओवादी नेतृत्वको सरकारलाई एमाले र काँग्रेस मिलेर ढालेको गम्भीर आरोप लगाए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले ललिता निवास, भूटानी शरनार्थी लगायत काण्डमा मुछिएका ठूलठूला भ्रष्टाचारीहरुलाई कारवाही गर्न थालेपछि कांग्रेस र एमालेले ति भ्रष्टहरुलाई जोगाउन आफुहरुको सरकार ढालेको जनजागरण अभियानमा उनले सुनाए ।
‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ अन्तर्गत रौतहटको परोहा नगरपालिकाको लौकाहा बजारमा शनिवार आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो आरोप लगाए ।
देशमा भएका ठूलठूला काण्डमा कांग्रेस र एमालेकै ठूला नेताहरु मुछिएको र आफना नेताहरुलाई जोगाउन कांग्रेस एमालेले रातारात एक भएर माओवादीलाई सत्ताबाट हटाए । भ्रष्टाचारीलाई जोगाउन निर्माण भएको केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने बाहेक अरु केहि गर्नै नसक्ने उनले टिप्पणी गरे । वर्तमान सरकार निरंकुश रहेको र तस्कार तथा भ्रष्टाचारीको रक्षा गर्ने भएकोले भ्रष्टहरुको चुंगुलबाट देशलाई जोगाउन आफुहरु जनताको बिचमा आएको उनले बताए  ।
वर्तमान सरकारका कारण देश गम्भीर संकटतर्फ धकेलिएको बताउँदै उनले संकटबाट देशलाई जोगाउनका लागि आफुहरु जागरण अभियान मार्फत जनतालाई जगाउने काम गरिरहेको र सरकारलाई खबरदारी गर्ने काम पनि गरिरहेको बताए ।
सरकारले भ्रष्टहरुलाई छुट दिने, देशलाई खतरामा पार्ने, शोषित, पीडित जनतालाई दुख दिने काम गरे आफुहरु चुप लागेर नबस्ने र फेरी जनविद्रोहमा उत्रिने उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।