सर्लाही, २७ फागुन । सर्लाहीको धनकौल गाउँपालिकाको हरकठवामा ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएर दुई समुदाय बीच बादविवाद भई झड्प भएर अवस्था तनावग्रस्त बनेका छन् ।
धनकौल गाउँपालिका गाउँपालिका वडा नम्वर ५ हरकठवा गाउँमा विवाह उत्सवमा ब्रह्म स्थानमा पूजा गर्ने क्रममा दलित महिला सदस्य मञ्जु देवीको छोरा सुशिल पासवानको र तेली समुदायको युवाको विहेका लागि जाँदा पहिलो पुजा गर्ने विषयलाई लिएर गएराति झड्प भएका थिए ।
जयकिशोर पासवानका अनुसार, पहिला तेली समुदायले ब्रह्म पूजा गरिसकेपछि पासवान समुदाय पूजा गर्न लागेको थियो । तर, पूजा अघि बढाउन नदिएपछि झडप भयो । एक घन्टा होल्डमा बसेर घोडामा फोटो खिच्दै गर्दा तेली समुदायका युवाले हस्तक्षेप गरेपछि झडप सुरु भएको बताइएको छ ।
यस घटनामा पासवान सहित मुकेश पासवान, नरेन्द्र पासवान, रामेश पासवान र कमलेश पासवान घाइते भएका छन् । उनीहरूको शरीरमा कुटपिटका निसानहरू देखिएका छन्, तर अवस्था सामान्य रहेको छ ।
त्यस्तै, सोही विवाहको जन्ती चक्रघटा गाउँपालिकाको गोहियाही गाउँ हुँदै औरही तर्फ जाँदै गर्दा वडाध्यक्ष गजेन्द्र महतो चढेको गाडीमाथि आक्रमण भएको छ । पासवान समुदायको जन्ती औरही जाने बाटो सोध्दा, सोही ठाउँमा पुगेको तेली समुदायको जन्ती समेत उपस्थित रहदा वडाध्यक्ष महतोले बाटो सोध्दा, तेली समुदायका २०–२५ जनाको समूहले गाडीमाथि आक्रमण गरेको उनले आरोप लगाए ।
आक्रमणमा गाडीको फ्रन्ट सिसा सामान्य रूपमा क्षतिग्रस्त भएको छ भने ह्यान्डल लक टुटेको बताइएको छ ।
यसैगरी स्थानीय दिपेन्द्र साहले मेरो काकाको छोराको विवाह उत्सवमा घोडा चढेर गाउँमा घुम्ने कार्यक्रम चलिरहा वडाध्यक्ष गजेन्द्रको इशारामा उनीहरुले घोडालाई रोकी घोडालाई समातेको व्यक्तिलाई कुटपिट गर्दा माहौल विग्रिएको गुनासो गरे । सबै बिगर्ने कार्य वडाध्यक्षले गरेको आरोप लगाउदै अवस्था खराव भएका स्थानमा गएर जिस्काउन खोज्दा सामान्य रुपमा गाडीको सिसा फुटेको स्विकारे ।
प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी श्रोतबाट बुझिएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट