झोले डाक्टर उमेशप्रसाद जयसवालको गोरखधन्धा जारी, शिवनगरमा उपचार गराउन पुग्ने सोझासाझा विरामी लुट एवं ठगीको शिकार बन्दै

0 Shares
गरुडा (रौतहट), २७ फागुन । रौतहट जिल्लाको व्यापारिक नगरीको रुपमा प्रख्यात रहेका गरुडा नगरपालिकामा बर्षौबर्ष देखि उपचारको आडमा आम मानिसहरुको जिवन संग खेलवाड गरेर रकम लुट्दै आएका झोले एवं कथित डाक्टर उमेशप्रसाद जयसवाल माथि कारवाही कहिले होला ? आम मानिसले प्रश्न सम्बध निकाय समक्ष तेश्रयाएका छन् ।
चिकित्सकको कुनैपनि आधारप्रमाण नरहेको, भए एनएमसी दर्ता हुनुपर्ने तर उक्त कागजात नरहेको, बर्षौ देखि अन्य चिकित्सकको नामको आडमा आफनो गोरखधन्धा जारी राखेका झोले डाक्टर जयसवालले आर्थिक चलखेलको आधारमा केही समय अघि गरुडा नगरपालिकाबाट नियमकानुनबाट मेल नखाएपनि २५ सैयाको अस्पताल संचालन गर्न इजाजत लिएर ठगिधन्धा गर्दै आएका हुन् ।
गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगर महादेव मन्दीर जाने बाटोको उत्तर तर्फ एउटा घरमा आनन्द अस्पताल एक्युपन्चर सेन्टर प्राली नामको बोर्ड झुण्डयाएर जयसवालले तिन वटा घरमा विरामी राखेर उपचार गर्दै विरामीको ढाँड सेक्ने कार्य गरिरहेको गुनासोका आधारमा गत साता मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन निरीक्षण गर्दा सबै प्रक्रिया गैरकानुनी भन्दै अस्पताल बन्द गर्ने निर्देशन दिएका थिए । तर नक्कली एवं झोले डाक्टर भनाउने उमेशप्रसाद जयसवालले त्यहाँबाट लुकेर अन्यत्र फरार भएको थियो ।
उपचारको नाममा चर्को शुल्क असुल्दै वर्षौदेखी विरामीलाई ठग्दै र लुट्दै आएका आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालीलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएपनि राति विहान अन्य भवनमा विरामी भर्ना गरेर उपचार गरिरहेको श्रोतले जानकारी दिए ।
स्थानीय तहले निजी अस्पताललाई १५ शैया सम्मको मात्र अनुमति दिन पाउँछन् तर गरुडा नगरपालिकाले कानुन विपरीत आनन्द हस्पिटल शिवनगरलाई २५ शैयाको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखियो ।
तथाकथित डाक्टर भनाउने उमेश प्रसाद जयसवाल डाक्टर नहुँदा एनएमसी नम्बर विना उपचार गर्नु मानव स्वास्थ्य संग खुलमखुल्ला खेलबाड गरिरहदा पनि गरुडा नगरपालिका र स्थानीय प्रहरी प्रशासन आर्थिक चलखेलमा चुर्लुम्म डुब्दा  उपचार गराउन आउन विरामीहरु ठगिदै आएको छ ।
दुई महिना अघि पक्षाघात भएका गरुडा नगरपालिका वडा नम्वर १ जिगडियाका ३८ बर्षीय राजेश ठाकुरलाई उपचारको लागि आनन्द होस्पिटलमा पुर्याइयो । अत्यन्तै गरिव एवं असहाय ठाकुरलाई गाउँले र स्थानीयहरु चन्दा उठाएर १० दिन सम्म उक्त होस्पिटलमा राखेर उपचार गराउदा ५० हजार भन्दा रकम लिएपनि निको नभएपछि आफन्तहरु वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा लग्दा चिकित्सकले अन्तिम अवस्थामा रहदा भेन्टीलेटरमा राख्नु पर्छ भन्दा गरिव असहायले नराखी घर तर्फ ल्याउदा बाटोमै मरेको उनका काका गजिन्द्र ठाकुरले तराई टप संग भने ।
नेशनलका चिकित्सकले शिवनगरमा भएको उपचारको पुर्जा हेर्दा गलत उपचार गरेको भन्दै ति डाक्टर विरुद्ध मुद्दा गर्नु भने तर घरायसी अवस्था अत्यन्तै जिर्ण हुँदा काजक्रिया गर्ने कि मुद्दा किम कर्तव्य विमुख भए परिवारजन । आज काजक्रिया सकेको १० दिन वितिसकेको अवस्था छ न अहिले सम्म ति नक्कली डाक्टरलाई कारवाही हुन सकेको गुनासो गरे ।
हामी हैसियतविहनको कुरा कसले सुन्ला भन्दै सबै समय र उपरवालाको हातमा छाडेर दैनिक दिनचर्यामा पीडित परिवार फर्किएका छन् ।
यस्ता कयौं उदाहरण हालान् ? तर कथित एवं नक्कली डाकटर उमेशप्रसाद जयसवालको गोरखधन्धा जारी छ, केही व्यक्तिहरु मालामाल भईरहेछ, सम्बध निकाय सेटिंगमा मस्त रहदा आम विरामीहरु ठगिन लुटिन बाध्य रहदै अनाहकमा ठाकुर जस्तो कतिपय युवाहरु अकालमा ज्यान गुमाइरहन बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।