बालुवाभारमा पार्किङ्ग गरिएका जिपमा स्कारपियोले ठक्कर दिदा ५ बर्षीय बालकको मृत्यु, तीन घाइते

0 Shares
सर्लाही, ३ चैत । सर्लाहीको बालुवाभार स्थित हुलाकी राजमार्गमा पार्किङ्ग अवस्थामा रहेका जिपलाई स्कारपियोले गएराति ठक्कर दिदा सोही छेउमा बसेका एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, शनिवार राति ७.१० बजेको समयमा बलरा नगरपालिका वडा नम्वर ८ बालुवाभार गाउँ स्थित हुलाकी सडक छेउमा पार्किङ्ग अवस्थामा रहेका बिआर ०६ पीई २८२० नम्वरको गाडीलाई बिआर ३० एई २४९० नम्वरको स्कारपियोले ठक्कर दिएका थिए ।
उक्त ठक्करबाट गाडी अनियन्त्रित भई सोही स्थानमा बसीरहेका भारत सितामढी जिल्ला वैरगनिया थाना नन्दबारा गाउँ घर भई (सर्लाही बलरा ८ बालुवाभार गाउँ स्थित मामा घर आएका) रामेश्वर साहको ५ बर्षीय छोरा पियुष कुमार साह गम्भीर घाइते भएको थियो । निज बालकलाई तकालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएपनि चिकित्सकले ८.५० बजेको समयमा मृत घोषित गरेको उक्त प्रेस नोटमा भनिएको छ ।
ठक्करबाट बालुवाभार का महेश साहेको ५ बर्षीया छोरी आशिका कुमार, ६५ बर्षीय सुनिलाल महतो र ४० बर्षीय लिला देवी घाईते भएको छ । उनीहरुको शरिरको विभिन्न स्थानमा चोट लागेर प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
घटनाको खवर पाउना साथ इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक उज्वल कार्कीको नेतृत्वमा टोली खटाएर स्कारपियोलाई नियन्त्रणमा लिएपनि चालक हाल सम्म फरार रहेको हुँदा निजको खोजी कार्य जारी रहेको तथा उक्त दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको डिएसपी राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।