बिओपी मधुबनी तथा प्रहरी चौकी अर्नाहाको सेटिंगमा भारत तर्फ गिट्टी–बालुवाको तस्करी तिव्र

0 Shares
भगवानपुर स्थित नेपाल भारत दशगज्जा क्षेत्र भएर भारतको बेल्वा तर्फ जाँदै गरेको गिटी लोड भएका ट्रेक्टर
तराई टप डेष्क
मधुबनी र अर्नाहा भएर भारत संग जोडिएका विभिन्न नाकाहरु भएर अबैध रुपमा भारत तर्फ गिट्टी–बालुवाको तस्करीका केन्द्र बनेका छन् ।
जबकी नेपालको प्राकृतिक सम्पदाको दोहन गरेर तस्करहरु नेपाली गिट्टी–बालुवा भारत भित्रयाउने कार्य जारी भएपनि नियन्त्रण गर्ने निकाय चुल्लुम्म डुकेका हुन् ।
नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी संगै नेपाल प्रहरीको पोष्ट खडा गर्न लगाएर राजस्व चुहावटलाई नियन्त्रण गर्ने उद्देश्य राखेको भएपनि उक्त पोष्टका इन्चार्जहरु इमान्दार नभए राजस्व चुहावट नियन्त्रण गर्न कल्पना गर्न सकिदैनन् ।
सर्लाही जिल्लाको भारत संग जोडिएका सीमानाकाहरुको हविगत उस्तै बनेको छ । सीमानाका भएर अबैध रुपमा भित्रिने सामानहरुलाई जफत गरेर भन्सार कार्यालय बुझाउनुपर्ने तर त्यसो नभई उल्टै सेटिंगमै मस्त रहदा सरकारी राजस्व प्रभावित हुँदै आएका हुन् ।
यस्तै उदाहरण अहिले सर्लाहीको मधुवनी र अर्नाहाको अवस्था छ । मधुबनीमा सशस्त्र प्रहरीको बिओप छ भने अर्नाहामा नेपाल प्रहरीको चौकी रहेका छन् । उक्त स्थानका इन्चार्जहरु सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र चन्द र प्रहरी सहायक निरीक्षक संजय कुमार यादवको सेटिंगमा यस्ता राजस्व छलीका सामानहरुको कारोवार गर्ने व्यापारीहरुको अहिले उक्त क्षेत्रमा रजगज रहेका छन् ।
मधुबनी र अर्नाहा भएर भारत तर्फ गिट्टी बालुवा, मदिरा, गाई गोरु सहितका सामानहरु तथा भारतबाट नेपाल तर्फ कपडा, खाद्यान्न सामग्री, स्पेयर पार्टस, धान, चामल, किराना सामानहरु सहितका विभिन्न सामानहरु निर्वाध रुपमा नेपाल र भारत तर्फ गईरहेको छ । उक्त कार्य गर्न सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरु संग तस्करी गर्ने व्यापारीहरुको साँठगाँठमा गोरखधन्धा संचालनमा रहेको स्थानीय श्रोतले बताएको हो ।
मधुवनी नाका अन्तर्गतका नन्कार, अर्नाहा, भगवानपुर लगायतका चोर नाकाहबाट सीमापारी गिट्टी–बालुवाको तस्करीको मुख्य मार्ग बनेका छन् । सीमावर्ती भारतीय गाउँ र बजार सम्म दिनहुँजसो निर्माण सामग्रीको तस्करी भइरहेको स्थानीयवासीहरुले बताए ।
स्थानीय स्रोतहरूका अनुसार, यी सामग्रीहरू सीमावर्ती क्षेत्रमै भण्डारण गरी रातारात भारतीय बजारमा पठाउने गरिन्छ । यस्ता कार्यलाई नियन्त्रणका लागि पटक–पटक आवाज उठे पनि तस्करी रोकिएका छैनन् किन भने त्यसमा सुरक्षार्मीहरुको सेटिंग रहेका कारण प्रभावकारी हुन सकेका छैन् ।
स्रोतको अनुसार सर्लाहीको चुरे क्षेत्र देखि लिएर आसपासका खोलानाला दोहन गरेर सीमावर्ती क्षेत्रमा गिट्टी–बालुवाको भण्डारण गरिन्छ । चुरेमा भइरहेको अवैध उत्खनन र स्थानीय बागमती, लखनदेही, फुलजोर, बाँके नदीमा भइरहेको अवैध दोहनले वातावरणीय असन्तुलन निम्त्याएको छ । चुरेको अन्धाधुन्ध दोहनका कारण गर्मी महिनामा जिल्लाका सयौं गाउँहरूमा पानी संकट उत्पन्न हुने निश्चित छ । गर्मी याम सुरु हुन लागेसंगै कतिपय स्थानमा हैण्डपाइपहरु सुक्न थालेका छन् ति सबै प्रकोप चुरे दोहनको नतिजा रहेको ति श्रोतले बतायो ।
सशस्त्र प्रहरी सिमा बल नेपाल नम्वर १० गणका गणपति एवं एसपी देव चन्दले आफू आए देखि नै सर्लाहीका विभिन्न सिमानाकाहरुबाट हुने् राजस्व चुहावटको कार्यलाई निरुत्साहित गर्न निर्देशन दिदै आएको छु । मधुवनी नाका भएर गिटी बालुवा लगायतका सामानहरु तस्करी भएको आफूलाई जानकारी नभएको बताउदै यदी त्यस्तो भईरहेको छ भने आवश्यक कारवाही गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।