चञ्चल झा
रौतहट, ५ चैत । यही चैत ७ गतेबाट हुन गईरहेको माध्यमिक शिक्षा (एसईई) २०८१ सालको परीक्षामा रौतहटबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुँदैछ ।
यस बर्षको एसईई परीक्षामा साधारण तर्फ नियमित र प्राविधिक तर्फको नियमित तथा ग्रेड वृद्धि गरी १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय ईकाई रौतहटले जनाएको हो ।
रौतहट जिल्ला भरीमा रहेको १ खुला सहित ९९ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय र ८ वटा प्राविधिक विद्यालय गरेर १ सय २७ वटा विद्यालयबाट एसइइ दिने परिक्षार्थीहरुको लागि जिल्लामा ४० वटा परिक्षा केन्द्र कायम गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका अनुसार ४० वटा परीक्षा केन्द्रमा संचालन हुने एसईई परीक्षामा साधारण नियमित तर्फ ५ हजार १ सय ७२ जना छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थीहरु रहेको छ भने प्राविधिक तर्फ १ सय ६८ जना छात्र तथा ९७ जना छात्रा गरी ५ हजार ३ सय ४० छात्र तथा ४ हजार ८ सय ५९ जना छात्रा र ग्रेड वृद्धि तर्फ २ सय ८५ जना विद्यार्थी गरि कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विरेन्द्र जंग थापाले बताए ।
आउदो विहिवार देखि सुरु हुन गईरहेको एसईईको परीक्षाको लागि रौतहटमा ४० वटा परिक्षा केन्द्रको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक, १९५ जना कार्यालय सहयोगी र हरेक परिक्षा केन्द्रमा १५ जनाको दरले करिब ६०० जना सुरक्षाकर्मी परिचालन हुने इकाइले जनाएको छ । परिस्थित अनुसार सुरक्षाकर्मी परिचालनमा घटबढ हुन सक्ने उनले भने ।
परीक्षालाई मर्यादित, अनुशासित, पारदर्शी रुपमा संचालन गराउन र अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्यादित कार्य गराउने विरुद्ध कारवाही हुने इकाइ प्रमुखले थापाले जानकारी दिए ।
परीक्षा केन्द्रमा खलल पुर्याउने तत्वहरुलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समातेर कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन कटिबद्ध रहेको हुँदा परीक्षालाई सभ्य एवं मर्यादित बनाउन सबैको जिम्मेवारी हुने भएकोले सबै जना मिलेर परीक्षालाई मर्यादित बनाउन सबै संग उनले अपिल गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन