चिनियाँ नाका केरुङ तर्फ जान लागेका कन्टेनरबाट २५ करोड युरो र डलर सहित लामा पक्राउ

0 Shares
काठमाडौं, ५ चैत । करोडौं विदेशी रकम सहित रसुवा संग जोडिएका चिनियाँ नाका केरुंङ तर्फ जाँदै गरेका कन्टेनर प्रहरीले सोमवार राति पक्राउ काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरियो ।
विशेष श्रोतका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा खटिएका प्रहरी टोलीले गएराति १० बजेको समयमा काठमाडौंको टोखाको झोर क्षेत्रबाट ना. ७ ख. १६५२ नम्वरको कन्टेनर ट्रकलाई पक्राउ गरिएका थिए ।
पक्राउ गरिएका उक्त कन्टेनर ट्रकको चालक बस्ने सिटको साइडमा रहेका बोनेट माथि फल्स बटम बनाएर राखिएको २५ करोड एक लाख ६० हजार बराबरको युरो र डलर सहित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्वर १ का ४३ बर्षीय कुसान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान पश्चात मंगलवार दिउसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै युरो र डलर गरेर २५ करोड १ लाख ६० हजार रकम काठमाडौंबाट रसुवा हुँदै चिनियाँ नाँका केरुङ तर्फ जादै गरेका उक्त ट्रकलाई नियन्त्रणमा लिन सफल भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको मिडिया रिपोर्टमा यस खवरलाई प्रमुखताका साथ छापिएका छन् ।
यत्रो ठूलो परिमाणका विदेशी रकम कसको हो र रसुवाको केरुङ नाका तर्फ किन गइरहेको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएका हुन् । प्रहरीका अनुसार पक्राउ परेका लामा यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट पक्राउ परेर २०७८ सालमा छुटेका थिए ।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । लामालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।