रौतहट, ८ चैत । जिल्लामा व्याप्त वेथेतीहरुलाई आफूले भ्याए सम्मको अन्त्य गरी सुशासनको प्रत्याभुती गराउने रौतहटका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी विनोदकुमार खडकाले प्रतिबद्धता जनाए ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा शुक्रवार संचारकर्मीहरु संगको भेटघाट एवं परिच्यात्मक कार्यक्रममा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खड्काले आफू पनि यसै भुगोलको भएको हुँदा यहाँ व्याप्त रहेका विकृति, विसंगति एवं वेथेतीलाई अन्त्य गरी सशासनको प्रत्याभुती दिलाएर छाड्ने कार्यमा दृढसंकल्पित रहेको बताउदै यहाँ मुख्य गरेर तस्करी, अपराधिक घटना, विपद व्यवस्थापन लगायतका क्षेत्रमा क्रमिक रुपमा सुधार ल्याएर जनताहरुले पाउनुपर्ने सेवा सुविधालाई सरल एवं छरितो बनाउने हर सम्भव प्रयास गरेर जनतालाई सुशासनको पूर्ण प्रत्याभुति दिलाउने स्पष्ट पारे ।
आफू आउने वित्तिकै गौरमा दुई पक्षिय तनाव र गौर राइस मिल्सको मुद्दा चरम अवस्थामा रहेको चर्चा गर्दै दुई समुदाय बीच सहमती एवं समझदारीका आधारमा सुलह गराई शान्ति बनाइएको तथा अर्को राईस मिल्सको सवालमा आफू रतिभरी पनि विचलित नभई रौतहटवासीको पक्षमा रहने विश्वास दिलाए ।
आफूबाट रौतहटबासीको हितमा काम हुने स्पष्ट पार्दै कसैको प्रभाव, दवाव एवं विभिन्न प्रलोभनमा काम गर्न नआएको बताउदै नेपाल सरकारको ऐन कानुन र नियमलाई आत्मसाथ गरेर जनताको पक्षमा समर्पित भएर निरन्तर काम गर्ने छु प्रजिअ खड्काले भने ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भईरहेका सेवा सुविधालाई सरल एवं छरितो बनाउने, हिजो सम्म भईरहेका झन्झटिलो कार्यलाई निरुत्साहित गर्दै सेवा प्रभावमा गुणस्तरियता ल्याउनमा आफू विशेष फोकस गरेको उनले बताए । आफू बसुनजेल सम्म रौतहट वासीलाई पूर्ण इमान्दारीका साथ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो कार्यक्रममा प्रशासकीय अधिकृत मनिष झा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष संजयकुमार कार्की, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिव पुरी, पूर्व अध्यक्षहरु शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झा सहितका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट